अङ्ग प्रत्यारोपण गरेका खेलाडीको नेपाल सरकारलाई सन्देश 'विश्व स्तरमा नेपालको प्रतिनिधित्व गर्न सक्छौँ'

World Transplant Games.jpg

Source: Facebook / Hari Narayan Sharma

Get the SBS Audio app

Other ways to listen

वर्ल्ड ट्रान्सप्लान्ट गेम्समा सहभागी हुन अस्ट्रेलिया आएका नेपाली टोलीले नेपालमा अङ्ग प्रत्यारोपणबारे सर्वसाधारण र नेपाल सरकारलाई पनि बुझाउन चाहेको बताएका छन्। अप्रिल १५ देखि सुरु भई एक हप्ता सञ्चालन भएको यस विश्व स्तरीय खेलमा अङ्ग प्रत्यारोपण गराएका मानिसहरूको सहभागिता हुने गरेको छ। यस पटक नेपाल लगायत ४५ वटा राष्ट्रका सहभागीहरूले १७ वटा खेलमा भाग लिएका थिए। यसै सन्दर्भमा नेपालबाट आएको टोली मध्येका केही खेलाडीहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share