पिटर डटन: विपक्षी दलका नयाँ नेता

Newly elected Leader of the Liberal Party Peter Dutton speaks to the media after a party room meeting at Parliament House in Canberra, Monday, May 30, 2022. (AAP Image/Lukas Coch) NO ARCHIVING

Newly elected Leader of the Liberal Party Peter Dutton speaks to the media after a party room meeting at Parliament House in Canberra. Source: AAP IMAGES

Get the SBS Audio app

Other ways to listen

लिबरल पार्टीको नयाँ नेताका रूपमा पिटर डटन चुनिएका छन्।


पूर्व रक्षा मन्त्री पिटर डटनको राजनीतिक यात्रामा उनलाई रूढिवादी र कडा मिजासका राजनीतिक योद्धाका रूपमा चिनिन्छ।

तर विपक्षी घटकको ठूलो दल लिबरल पार्टीको नेतृत्व लिँदै गर्दा भने उनले आफ्नो सार्वजनिक छविलाई नरम बनाउने प्रयास सुरू गरेका छन्।

क्वीन्सल्याण्डका प्रहरी सेवा हुँदै अस्ट्रेलियाको सङ्घिय राजनितीमा प्रवेश गरेका पिटर डटन संसदिय लिबरल पार्टीको नेतृत्व लिने उक्त राज्यका पहिलो व्यक्ति बनेका छन्।

यसअघि न्यु साउथ वेल्स बाहेक लिबरल पार्टीलाई नेतृत्व गर्नेमा साउथ अस्ट्रेलियाका एलेक्जेन्डर डाउनर मात्र एक नेता हुन्। 

उनले सन् १९९५ मा सो पार्टीलाई सङ्घीय संसद्मा नतृत्व प्रदान गरेका थिए।

पछिल्लो सङ्घीय निर्वाचनमा पार्टीको हार पश्चात् रेडियो टुजीबीसँग कुरा गर्दै पिटर डटनले पार्टीले फेरी आफ्नो प्रमुख मूल्य मान्यतालाई पछ्याउने समय भएको बताएका थिए।

व्यक्ति परिचय

डटन ब्रिसबेनमा बाल स्याहार केन्द्रमा काम गर्ने आमा र निर्माण सम्बन्धी आफ्नै व्यवसाय भएका बुवाका साथमा हुर्किएका हुन्।

माध्यमिक विद्यालयको पढाइ पश्चात् उनले सन् १९९० मा क्वीन्सल्याण्ड पुलिस एकेडेमीमा पढाइ गरेका थिए र करिब एक दशक लागु औषध तथा यौनजन्य अपराधीहरूको युनिटमा प्रहरी अधिकारीका रूपमा काम गरे।

उनले आफ्नो बुवाको निर्माण सम्बन्धी व्यवसायमा पनि काम गरेका थिए र भनिन्छ सो कम्पनीको निर्देशक रहेको समयमा उनको कम्पनीको निकै ठुलो नाम बनेको थियो।

तर सन् २००६ मा उनले त्यो भूमिकाबाट बाहिरिने निर्णय गरे।

सन् २००१ मा उनले क्वीन्सल्याण्डको डिक्सन क्षेत्रबाट सङ्घीय चुनावमा विजयी हुँदै तत्कालिन हावर्ड सरकारमा काम गरे।

पछिल्ला वर्षहरूमा भने पिटर डटनले गृह मामिला मन्त्री र पछि रक्षा मन्त्रीको भूमिका सम्हालेका थिए।

लिबरलका एङ्गस टेलरले स्काई न्युजसँग पार्टी नेताको पदका लागी उनी उपयुक्त व्यक्ति भएको बताएका छन्।

यसअघि पार्टी नेतृत्वको सवालमा उनको नाम आएको भनेको सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री माल्कम टर्नबुलको विरुद्ध असफल चुनौती दिएको बेला आएको थियो।

उक्त नेतृत्व विवादका समयमा डटनले दोस्रो चरणको नेतृत्व छनौटमा निवर्तमान प्रधानमन्त्री स्कट मोरिसनसँग ४० का विरुद्ध ४५ मतले पराजित भएका थिए।

डटन र विवाद

Choy says Minister for Defence Peter Dutton and Prime Minister Scott Morrison's national security stance is having a damaging effect on the Chinese community.
Source: AAP


गृह मामिला सम्बन्धी उनको कार्यकाललाई शरणका खोजीमा आएकाहरूलाई मूल भूमि बाहिर मानुस आइल्याण्ड र नरूको बन्दी गृहमा राख्ने निर्णयसँग प्रत्यक्ष रूपमा जोडेर हेरिन्छ।

डटनले त्यसरी बन्दी बनाइएकाहरूको मानसिक स्वास्थ्य र कल्याणलाई लिएर चिन्ता व्यक्त गरेको भए पनि धेरै हदसम्म उनलाई शरणको खोजीमा आउनेहरूलाई अस्ट्रेलियाली भूमि बाहिर राखिएका बन्दी गृहहरू सँग जोडेर परिभाषित गरिन्छ।

सन् २०१६ मा उनले यसबारे प्रतिक्रिया दिएका थिए।
"पक्कै पनि सीमा सुरक्षा नीतिलाई लिएर सरकारको कडा अवधारणा छ किनभने हामीले डुङ्गाहरूलाई रोकेका छौँ। हामीले १७ बन्दी गृहहरू बन्द गरेका छौँ। हामीले समुन्द्रमा डुब्ने (घटनालाई) ठप्प पारेका छौँ। बालबालिकालाई बन्दी गृहबाट टाढा राख्न मैले यसलाई मेरो मुद्दा बनाएँ। हाम्रो अर्को चाहना भनेको नरू बाहिर परिवारहरूलाई जति सक्दो छिटो एक बनाउने हो, लेबरले बिगारेको परिस्थितिलाई सुधार गर्न सन् २०१३ मा सुरु गरेको कामलाई निरन्तरता दिने हो।"
डटनले जलवायु परिवर्तनका बारेमा व्यावहारिक कदम चाल्नु पर्ने वकालत गर्दै आएका छन्।
सन् २०१९ मा उनले अस्ट्रेलियाले आफ्नो तर्फबाट काम गरिरहेको भन्दै, सीमा पार गरेर काम गर्दा देशको अर्थतन्त्र नै बन्द हुन सक्ने चेतावनी दिँदै त्यो अस्ट्रेलियाको राष्ट्रिय हित वा अरू कसैको हितमा नभएको बताएका थिए।

त्यस्तै सन् २०१५ मा उनी अध्यागमन मन्त्री भएको समयमा तत्कालीन प्रधान मन्त्री टोनी एबोटसँग प्यासिफिक आइल्याण्डहरूमा समुन्द्री सतह बढेको सम्बन्धी व्यक्तिगत रूपमा गरेको ठट्टालाई लिएर माफी मागेका थिए।

सन् २००८ मा पिटर डटनले चोरिएका पुस्तासँग माफी माग्ने कुरालाई बहिस्कार गरेका थिए।

पछि उनले  बच्चाहरूलाई यसले कुनै मूर्त परिणाम नदिने बताएका थिए।

तर सिड्नी मर्निंग हेराल्डसँग कुरा गर्दै उनले त्यसो भनेकोमा पश्चात्ताप भएको बताए।

उनले आफूले उक्त कुराले सङ्केत गरेको कुरा र यसले आदिवासी अस्ट्रेलियालीहरूमा राख्ने महत्त्व नबुझेको स्वीकारेका थिए।

त्यस्तै सन् २०१६ मा डटनले लेबननी शरणार्थीहरूलाई सन् १९७० ताका अस्ट्रेलिया ल्याउने निर्णय एक गल्ती भएको अभिप्रायको अभिव्यक्ति दिएका थिए।

 संसद्मा प्रश्न राख्ने समयमा सो अभिव्यक्तिको स्पष्टीकरण स्वरूप उनले "आतङ्कवाद- सम्बन्धी अपराध" मा मुद्दा खेपिरहेका लेबननी मुसलमान समुदाय प्रति आफ्नो भनाइ लक्षित भएको बताए।

त्यही वर्ष उनले स्वघोषित इस्लामिक स्टेटको जातीय सफाया अभियानको निशाना बनेका मध्य पूर्वका यजीदी समुदायको पिडामा समवेदना प्रकट गरेका थिए।

तत्कालीन लिबरल सरकारले सो समुदायका हजारौँ  सदस्यहरूलाई अस्ट्रेलियामा बसोबास गर्न मानवीयता भिसा प्रदान गरेको थियो।

पछिल्लो समयमा उनको चर्चा चीनको बढ्दो प्रभावका विरुद्ध कडा अभिव्यक्ति दिएका कारण हुने गरेको छ।
Minister for Home Affairs Peter Dutton arrives for Question Time in the House of Representatives at Parliament House in Canberra, Wednesday, March 17, 2021. (AAP Image/Mick Tsikas) NO ARCHIVING
Source: AAP
उनले अस्ट्रेलियाले शान्ति जोगाइराख्ने एक मात्र उपाय भनेको "युद्धका लागी तयार रहने र एक राष्ट्रका रूपमा बलियो हुने न कि चीनबाट डराएर झुक्ने" भनेका छन्।

यस वर्षको सुरुवातमा पूर्व लिबरल नेता तथा प्रधानमन्त्री माल्कम टर्नबुलले डटनको चीन सम्बन्धी दृष्टिकोणको आलोचना गरेका थिए।

उता, केही लिबरल समकक्षीहरूले डटनको व्यवहारिक दृष्टिकोणले पार्टीलाई नेतृत्व प्रदान गर्ने र पार्टीको प्रमुख मूल्य मान्यतालाई पहिचान दिने विश्वास व्यक्त गरेका छन्।



Share