नेपाली सरकारले चाहिँ विदेशबाट आउने मानिसहरूका लागि के-कस्ता नयाँ व्यवस्थाहरू गरेको छ त?

Passengers wearing face masks arrive  at the Tribhuvan International airport in Kathmandu, Nepal.

Passengers wearing face masks arrive at the Tribhuvan International airport in Kathmandu, Nepal. Source: AP/Niranjan Shrestha

Get the SBS Audio app

Other ways to listen

नेपाल जान चाहने नागरिक तथा विदेशी पर्यटकहरूले के-के कुरामा ध्यान राख्नु पर्ने छ? यसबारे अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत दुरापदा सापकोटासँग गरिएको कुराकानी सुन्नुहोस्।


नेपाल सरकारले नेपाल आउन चाहने विदेशी पर्यटक एवम् नागरिकहरूका लागि नयाँ नियम लागु भएको जानकारी गराएको छ। नेपाल भित्रन चाहने कोभिड विरुद्धको खोप लगाएका जो कोहीले पनि नेपाल भित्रँदा क्वारेन्टिन बस्न नपर्ने र अन-अराइभल भिसा प्राप्त गर्ने बताइएको हो । 

यद्यपि भ्रमण गर्नु अघि कम्तीमा पनि १५ दिन अघि खोप लगाएको प्रमाण, ७२ घण्टा भित्र गरिएको पिसीआर परीक्षणका रिपोट, पर्यटकका हकमा होटेल बुकीङ्ग गरिएको प्रमाण, ट्रेकिङ वा अन्य क्षेत्रको भ्रमण गर्ने अनुमति पत्र र अनलाइन अराइभल फारम भरेको हुनुपर्ने बताइएको छ ।

अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत दुरापदा सापकोटाले कोभिड-१९ का कारण नेपालको पर्यटन क्षेत्रमा परेको असरलाई कम गर्ने उद्देश्यले नेपाल भ्रमण गर्न चाहनेहरूका लागि नयाँ नियमद्वारा सहजीकरण गरेको बताइन्।

“कोरोनाका दुवै खोप लगाएकाहरूलाई झन्डै झन्डै कोभिड-१९ सुरु हुनु अगाडी जस्तै व्यवस्था गरिएको छ,” उनले भनिन् ।
“खोप लगाएको १४ दिन कटेका र पिसीआरको नेगेटिभ रिपोर्ट आएकाहरूलाई आगमन निकै सहज छ।”
यद्यपि खोप नलगाएकाहरुले पनि नेपाल भ्रमण गर्न सक्ने तर अन-अराइभल भिसा भने प्राप्त नगर्ने उल्लेख गरिएको छ। 

उल्लेखित कागजात सहित खोप नलगाएकाहरुले आफ्नै खर्चमा १० दिने होटेल क्वारेन्टिन बस्नु पर्ने पनि बताइएको छ। होटेल क्वारेन्टिनबाट बाहिर निस्कँदा कोभिड जाँच रिपोर्ट नेगेटिभ हुनु पर्ने पनि उल्लेख गरिएको छ।
सापकोटासँग हाम्रो कुराकानी सुन्नुहोस् : null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Image
नेपाली नागरिक वा एनआरएन वा उनीहरूसँग विवाह भएका मानिसहरूको हकमा भने अन-अराइभल भिसा प्रदान गरिने पनि बताइएको छ।

यसका लागि सर्तहरू तोकिएका छन्, जस मध्य आफन्तको अन्त्यष्टीमा भाग लिन, स्वास्थ्य समस्या भएकाहरू, ७५ वर्ष माथिका नागरिक वा आफ्ना बिरामी परिवारको रेखदेखका लागि जाने मानिसहरू पर्ने बताइएको छ।

“गैर आवासीय नेपालीको हक पनि खोप लगाएको छैन तर विशेष परिस्थिति छ भने चाहिँ एन्टीजेन टेस्ट गरेर नेगेटिभ आएमा घर जान दिने नियम बनाइएको छ,” उनले भनिन्। 

विश्व स्वास्थ्य सङ्गठनले अनुमति दिएका कुनै पनि खोप नेपालमा स्वीकार गरिने पनि कार्यवाहक राजदूत दुरापदाले जानकारी दिएकी छन्।
“पर्यटकका हकमा पनि नेपाल सुरक्षित छ है भन्ने सन्देश दिन खोजिएको छ।”
थप जानकारी क्यानबेरास्थित नेपाली दूतावासको मा पाउन सक्नुहुन्छ। 

Share