संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास र स्यानिटरी प्याडमा लगाइएको करको विरोधमा प्रदर्शन: गत सात दिन नेपालमा

Yough congress is demanding tax cut in sanitary pads

Protest by Youth Congress demanding tax cut in sanitary pads. Source: Girish Subedi

Get the SBS Audio app

Other ways to listen

नारायणहिटी दरबार सङ्ग्रहालयबाट पूर्व राजाहरूले लगाउने श्रीपेच चोर्ने प्रयास गर्दै गर्दा एक व्यक्ति पक्राउ परेका छन् त्यस्तै यूथ काङ्ग्रेस नेपालका सदस्यहरूले महिनावारीमा प्रयोग गरिने स्यानिटरी प्याडको मूल्यमा लगाइएको करको विरोधमा प्रदर्शन गरेका छन्। यी लगायत अन्य नेपाली समाचारहरू सुन्नुहोस्।


कोरोनाको खोपको भरमा जमघट

नेपालमा कोरोनाको कारण अहिले मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघेको छ र अहिलेसम्म जम्मा ४७ लाख जना भन्दा बढिले यसको परीक्षण गरिसकेका छन्। यसका कुल पोजेटिभ केसहरू ८ लाख भन्दा बढी छन्।

स्वास्थ्य मन्त्रालयको अनुसार उपचारमा रहेका व्यक्तिहरूको निको हुने क्रम पनि ९६ प्रतिशत रहेको छ।

यस हप्ता शनिवार दैनिक मृत्यु दर पनि ६ मा पुगेको तथ्याङ्क सार्वजनिक भएको छ। यसको अनुसार देशभर खोप लगाउने अभियान सफलतापूर्वक अघि बढिरहेको जस्तो देखिन्छ।

यस विषयको एक सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल भन्छन् –
“नेपालमा धेरै खोप लगाइसकेको छ, विशेष गरी मनाङ, मुस्ताङ र रुकुम र पूर्वको जिल्लामा पूर्ण लक्षित समूह सबैलाई खोप लगाई सकिएको छ।”
तर यसको कारण कतिपय सामाजिक कार्यहरूमा मानिसहरूले अनावश्यक भिड गरेको पनि देखियो।

यसै हप्ता सम्पन्न भएको इन्द्रजात्रामा मानिसहरूले मास्क लगाएको त देखियो, तर उनीहरूले भौतिक दुरी कायम गरेको भने खासै देखिएन।

यसै क्रममा आगामी महिनाहरूमा हुने दशैँ र तिहारको बेलामा देशभरिका सहर र गाउँमा मानिसहरू घर फर्कने क्रमले कोभिड-१९ को सङ्क्रमणले धेरैजसोको खोप नलगाएका व्यक्तिहरूको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने विज्ञहरूको बुझाई छ।

प्रधानमन्त्री देउवाको आलोचना

प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिले धेरै आलोचना आइरहेका छन्।

मुख्य त अहिले उनले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्नु र पार्टी तथा सम्बन्धित सदस्यहरूसँग सल्लाह नै नगरी पदमा नियुक्ति गर्नुजस्ता विषयहरूले उनको छवि नराम्रो बनाई रहेको छ।

आफ्नो भर्खरैको पद सम्हालेपछि देउवाले २ पटक मन्त्रिपरिषद् विस्तार गरे, त्यो पनि पार्टीसँग छलफलै नगरी। अहिलेसम्म चयन भएका सबैजसो मन्त्रीहरू उनको निकटमा रहेका नेताका रूपमा चिनिन्छन्।

यस नियुक्तिहरूमा नेपाली काङ्ग्रेसभित्रकै केही शीर्ष नेताहरू असन्तुष्ट रहिआएका देखिन्छन्। यसै हप्ता प्रधानमन्त्रीको सिफारिसमा नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरिएको छ। आफ्नो पद सम्हाल्ने पहिलो दिन उनले सञ्चारकर्मीसँग यस्तो भने –
“परराष्ट्र नीति भनेको कुनै एउटा दल विशेषको मात्र हुँदैन।

त्यस कारण सबै दलहरूको सहमतिको आधारमा अगाडि बढ्ने हो र हाम्रो राष्ट्रिय हितलाई कसरी प्रवर्द्धन गर्ने भनेर त्यताप्रति मेरो सम्पूर्ण प्रयासहरू केन्द्रित हुनेछ।”

अहिले उनको नेतृत्वमा नेपाली टोली न्यु योर्कमा संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभामा सहभागी भइरहेको छ। यसरी अन्तिम घडीमा मन्त्री चयन गरेर युएनको सभामा पठाउने देउवालाई काँग्रेसको देशव्यापी महाअधिवेशनको सन्दर्भमा पनि उत्पन्न भएका विभिन्न समस्यासँग झेल्न हम्मे-हम्मे परेको देखिन्छ।

स्यानिटरी प्याडमा कर छुटको माग
Yough congress is demanding tax cut in sanitary pads: Last 7 days in Nepal
Protest by Youth Congress demanding tax cut in sanitary pads Source: Girish Subedi


यूथ काङ्ग्रेस नेपालका सदस्यहरूले महिनावारीमा प्रयोग गरिने स्यानिटरी प्याडको मूल्यमा लगाइएको करको विरोधमा बिहीबार माइतीघरमा प्रदर्शन गरेका छन्।

उनीहरूले अहिले यसमा लागु गरिएको १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याटलाई खारेज गर्नुपर्छ भनेर नारा लगाएका छन्।

उनीहरूको नारामा 'रातो कर माफ गर' पनि भनिएको थियो। विरोध कार्यक्रममा करिब २५ जनाको सङ्ख्यामा रहेका महिलाहरू मध्य केही सडकमा लम्पसार परेर झन्डै १ घण्टासम्म बसेका थिए।

उनीहरूले लगाएको लुगामा रातो रङ लत्पतिएको थियो। यस्तै उनी हरले विभिन्न किसिमका प्याम्प्लेट पनि बोकेका थिए। गत वर्ष 'प्याड टु गो नेपाल' नामको सङ्घले हस्ताक्षर अभियान गरेर महिलाहरूले लगाउने प्याडको करको न्यूनीकरणको निम्ति विरोध कार्यक्रम गरेका थिए।

हाल सरकारले सेनि स्यानिटरी टरी प्याडबाट वर्षकै १७ करोड भन्सार उठाउने गर्छ।

मदन पुरस्कार भगिराजलाई

यस वर्षको मदन पुरस्कार 'लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह' का लेखक भगिराज इङ्नामलाई दिइएको छ।

यस्तै नृत्यशास्त्री भैरवबहादुर थापालाई यस पालिको जगदम्बा-श्री पुरस्कारबाट मदन पुरस्कार समितिले सम्मान गरेको छ। इस्वी संवत् १९५५ मा स्थापना गरिएको मदन पुरस्कारद्वारा नेपालका साहित्य, विज्ञान, दर्शन, समाजशास्त्र र अन्य विषयमा उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिसकिएको छ।
Bhagiraj Ingnam is awarded with Madan Puraskar for this year
Bhagiraj Ingnam is awarded with Madan Puraskar for this year. Source: Girish Subedi
जगदम्बा-श्री पुरस्कारको स्थापना रानी जगदम्बाको निधनपछि उनको सम्झनामा गरिएको थियो र स्वर सम्राट् नारायण गोपाल यसबाट प्रथम पटक सम्मानित हुने व्यक्ती बने।

यस वर्ष पुरस्कारको दाबेदार हुनको निम्ति करिब २२२ वटा पुस्तक यो संस्थानको गुठीलाई बुझाइएको थियो। त्यसमध्ये ९ वटालाई श्रेष्ठ पुस्तकको रूपमा पनि छनोट गरिएको छ।

श्रीपेच चोर्ने दाउ

शुक्रवार नारायणहिटी दरबार सङ्ग्रहालयमा रुकुम पश्चिम मुसिकोट नगरपालिका निवासी खेमबहादुर घर्तीले नेपालका पूर्व राजाहरूले लगाउने श्रीपेच चोर्न खोज्दा सुरक्षाकर्मीको हिरासतमा परेका छन्।

श्रीपेच राखेको कोठामा पुगेपछि घर्तीले त्यहाँ राखेको एउटा खुकुरीलाई सिसाको शोकेस बाट फुटालेर निकाल्न खोजे।

त्यस कक्षमा रहेका पाँच जना सुरक्षाकर्मीले त्ससै बखत् उनलाई नियन्त्रणमा लिएर नजिकैको दरबारमार्ग प्रहरी कार्यालयमा बुझाए। सोधपुछको क्रममा घर्तीले आफूले श्रीपेचलाई आफ्नो सिरमा राखेर राजतन्त्रलाई फर्काउने उद्देश्यले यस्तो कार्य गरेको बताए।

उनको यस्तो जवाफ सुनेपछि प्रहरीले उनको मानसिक अवस्थाको बारेमा जानकारी लिन खोज्यो। यसै क्रममा २५ वर्षीय घर्तीका घरपरिवारसँगको कुराकानी पछि उ गत वर्ष बहराइनबाट फर्केपछि मानसिक रूपमा अस्वस्थ रहिआएको तथ्य खुलेको छ।

ओमनमाथी नेपालको विजय

नेपालले आइतबार ओमनमाथि विजय हासिल गरेको छ। यस दिन नेपालको लागि अस्ट्रेलियाका प्रशिक्षक ह्वाटमोरको निम्ति पनि महत्त्वपूर्ण रह्यो, किनभने उनको यो नेपाली क्रिकेट टिमसँगको अन्तिम सहभागिता थियो।

अहिले एक दिवसीय क्रिकेटको यस खेलमा नेपालले कुल ८ अङ्क बनाएर चौथो स्थानमा पुगेको छ। यस खेल आइसिसी विश्व क्रिकेट लिग भाग २ को त्रिकोणात्मक शृङ्खला अन्तरगत पर्दछ। यस अघि नेपालले अमेरिकासँग नराम्रो हार बेहोर्नुपरेको थियो।

यी दुई खेलहरूको निम्ति नेपाली क्रिकेट टोली गत केही समय अघिदेखि मस्कटमा रहिआएको छ। खेलमा टस जितेर नेपाली टोलीले पहिलो बिल्डिङ गर्‍यो।

नेपालले ३७ ओभरको अवधिमा ओमनको सबै विकेट ढालिसकेको थियो। ओमन विरुद्धको नेपालको आठ वर्षपछिको यो दोस्रो जित हो। यस अघि सन् २०१३ को आइसिसी विश्व क्रिकेट लिग भाग ३ मा नेपालले ओमनलाई हराएको थियो।

 

 


Share