मेलबर्नका नेपाली व्यवसायी भन्छन् “लकडाउनको अन्त्यले उत्साहित बनाएको छ”

मेलबर्नमा रात्री कर्फ्यु लगायतको कडा लकडाउन नियम खुकुलो भएसँगै नेपाली व्यवसायीहरूमा केही उत्साह थपिएको छ । करिब ६ महिना लामो बन्दका कारण निराश बनेका नेपाली समुदायका व्यापार व्यवसाय बिस्तारै पुन:स्थापित हुने क्रममा छन् ।

Bhim Neupane (left) at Nirankar restaurant in Melbourne

Bhim Neupane (left) at Nirankar restaurant in Melbourne Source: Bhim Neupane


प्रमुख बिषय

  • लकडाउन खुले संगै व्यवसायी उत्साहीत
  • चहलपहल फेरी बढ्यो
  • व्यापारमा नया मोडलको आबश्यतामा जोड

मेलबर्नमा व्यवसाय गरी रहेका थुप्रै नेपालीहरू लकडाउनको असरमा परेका छन् ।

विशेष गरी आतिथ्य व्यवसायमा संलग्न नेपालीहरू लकडाउनको समयमा सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। 

मेलबर्नको मध्य व्यावसायिक जिल्लामा म:म स्टेशन सञ्चालन गरीरहेकी उषा ताङवे लकडाउनको सुरुवाती समय निकै तनावपूर्ण रहेको सम्झिन्छिन् ।

कहिले सम्म यो अवस्था हुने भन्ने चिन्ताले उनी अतालिएको बताउँछिन् । भाडा र नियमित रूपमा आउने खर्चको जोहो गर्नु परेकाले सुरुका दिन तनावमा बितेको उनको भनाई छ ।

तनावका बिच उनले केही समय रेस्टुरेन्ट नै बन्द गर्नु पर्‍यो तर रेस्टुरेन्टमा काम गर्ने अधिकास कामदार अन्तर्राष्ट्रिय विद्यार्थी भएकाले उनीहरूको मर्कामा पनि साथ दिनु आवश्यक ठानी उनले व्यवसाय टेक अवेका लागि भए मात्र पनि पुनः खोलिन ।
Usha Tangbe (second from right) with her staff at Melbourne's Momo Station restaurant
Usha Tangbe (second from right) with her staff at Melbourne's Momo Station restaurant Source: Supplied
“मेरोमा काम गर्ने सबै अन्तर्राष्ट्रिय विद्यार्थी भएकाले उनीहरूको समस्या हेरी रेस्टुरेन्ट खोल्ने निर्णय गरेका हौ । पछि सरकारको पनि सहयोग सुरु भयो र यसले केही राहत प्रदान गर्‍यो । ” उनले भनिन् ।

मेलबर्नमै रेस्टुरेन्ट सँगै ट्राभल एजेन्सी पनि सञ्चालन गरी रहेका भीम न्यौपानेलाई आर्थिक असर त परेकै थियो यो सँगै आफ्ना व्यवसायमा संलग्न कामदारहरूमा झनै तनाव परेको महसुस उनले गरे ।

मेलबर्नको व्यस्त सहरमा ठुलो स्वरूपको आतिथ्य व्यवसाय त घाटामा थियो नै उनको अर्को व्यवसाय ट्राभल एन्ड टुर पनि कोभिड–१९ का कारण धराशायी बनेको थियो ।

“ट्राभलका टिकट काटेका यात्रुहरूको दैनिक रूपमा संयौ फोन आउँथ्यो, ग्राहकको टिकटको बारेमा जानकारी दिन र त्यसलाई व्यवस्थापन गर्न कर्मचारी झनै बढी चाहिन्थ्यो” उनले बताए ।

टिकट काटेका यात्रुहरूको रकम फिर्ता गर्न र एयरलाइन्स तथा ग्राहकको बिचको समस्या हल गर्नु उनको व्यवसायको पहिलो प्राथमिकता थियो ।

“व्यवसाय बन्द गरेर मेरो समस्याको समाधान हुँदैन थियो, व्यवसाय प्रति मेरो प्रतिबद्धता र जिम्मेवारी रहेकाले व्यवसाय बन्द गर्नु मेरा लागि उचित थिएन ।” उनले भने ।

सरकारी सहयोगले केही राहत दिएको उनको भनाई छ ।
Bhim Neupane in Melbourne runs a restaurant and a travel agency
Bhim Neupane in Melbourne runs a restaurant and a travel agency Source: Bhim Neupane
लकडाउनको समयमा आफ्ना कामदारहरूको तनाव कम गर्न उनीहरूलाई जतिसक्दो काम दिने प्रयास गरेको र उनीहरूको मानसिक स्वास्थ्य अवस्थालाई ख्याल गदै आफैले परामर्श पनि दिने गरेको उनी बताउँछन् ।

मेलबर्नमै करी भल्ट सञ्चालन गरी रहेका कैलाश पति शर्मा लकडाउनको समयमा सहरी क्षेत्रमा व्यवसाय सञ्चालन गर्न निकै मुस्किल परेको बताउँछन्।

“अधिकास कार्यालयहरू बन्द रहेका कारण व्यवसाय सञ्चालन गर्ने अवस्था नै थिएन । मेलबर्नमा दोस्रो लहर आएपछि व्यवसाय पूर्ण रूपमा बन्द गर्‍यौ” उनले भने ।

सरकारी सहयोग सँगै सहज ऋण पनि पाएकाले उक्त समयमा आफूलाई आर्थिक रूपमा सहज भएको उनी बताउँछन् ।

संसारमै सबैभन्दा लामो लकडाउन भनी व्याख्या गरिएको भिक्टोरियामा पछिल्लो केही दिनमा शून्य संक्रमणदर देखिए सँगै राज्य सरकारले ६ महिना लामो लकडाउनको अन्त्य गरेको छ ।
Curry Vault restaurant in Melbourne
Curry Vault restaurant in Melbourne Source: Supplied

लकडाउन पछिको अबस्था

सरकारी प्रतिबन्धका साथमा कफ्युको पनि अनुभव गरेका स्थानीय बासिन्दाले लकडाउन खुले सँगै राहत महशुस गरेका छन् ।

मनिसहरुको चहलपहल बढ्दा व्यवसायीहरू पनि खुसी देखिन्छन् ।

लकडाउन खुले पछि व्यवसायीहरूले राहतको सास फेरेका छन् । व्यापार उल्लेख्य रूपमा अगाडी बढी रहेको उनीहरूको भनाई छ । 

रेस्टुरेन्ट व्यवासायीहरु पूर्ण रूपमा सरकारी स्वास्थ्य मापदण्डहरूको पालना गरी व्यवसायलाई अगाडी बढाई रहेका बताउँछन् ।
भीम न्यौपाने भन्छन् “मेरो रेस्टुरेन्ट ठुलो क्षेत्रफलमा रहेका कारण सरकारी मापदण्ड पुरा गर्दा पनि अझै धेरै ग्राहक हरू अटाउन सक्छन् , लकडाउन खुलेकाले मानिसहरू घरबाट बाहिर निस्कन खोजिरहेका छन् त्यसले व्यापारमा वृद्धि गरेको छ ।”

उनको ट्राभल एन्ड टुरको व्यवसायको भविष्य बारे अझै टुङ्गो नलागे पनि रेस्टुरेन्टमा देखिएको चहलपहलले उनलाई राहत दिएको छ ।

अर्का व्यवसायी कैलाश पति शर्मा पछिल्लो समय व्यवसायले लिएको गतिबाट खुसी छन् ।

“५० प्रतिशत मात्र टेबुल भरिए मात्र पानी व्यवसाय नाफामा जान्छ ” उनी व्यवसायले गति लिनेमा आशाबादी छन् ।

उषा पनि अहिलेको अवस्थाबाट आशावादी छिन् ।

“अहिले अवस्था हेरीकन राम्रो भइरहेको, ग्राहकहरूबाट पूर्ण समर्थन पाइरहेका छौ ” उनले एस बी एस संग भनिन् ।
nirankar restaurent in melbourne city
Source: Supplied

Share
Published 13 November 2020 12:56pm
Updated 12 August 2022 3:08pm
By Rajish Aryal, Krishna Pokharel


Share this with family and friends