टर्नबुललाई “सर्प” र कनेलीलाई “फिर्ता पठाऊ” लगायतका भनाइका साथ रुढीवादी सम्मेलन सम्पन्न

A protester has been arrested after throwing coffee over an attendee of the Conservative Political Action Conference (CPAC) in Sydney.

A protester has been arrested after throwing coffee over an attendee of the Conservative Political Action Conference (CPAC) in Sydney. Source: AAP

Get the SBS Audio app

Other ways to listen

गए शनिवार सिड्नीमा सम्पन्न भएको एक सम्मेलनमा अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री म्याल्कल्म टर्नबुललाई “एक सर्प” र लेबर सभासद् क्रिस्टिना कनेलीलाई “फिर्ता पठाऊ” भनिएका छन्।


अस्ट्रेलियाकै सबै भन्दा ठुलो रुढीवादीहरूको भेला भनी वर्णन गरिएको तीन दिने सीप्याक सम्मेलन सिड्नीमा सम्पन्न भएको छ।

हजारौँ मानिसहरूको उपस्थितिका साथ संयुक्त राज्यमा वार्षिक रूपमा आयोजना हुने कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स वा सीप्याक नामक उक्त सम्मेलन पहिलो पटक अस्ट्रेलियामा आयोजना भएको हो।

झन्डै ५०० जनाको उपस्थिति रहेको उक्त सम्मेलनमा अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबट लगायत वर्तमान लिबरल सांसदहरू पनि पुगेका थिए।

तर सम्मेलनका मुख्य वक्ताको रूपमा आएका ब्रिटिस राजनीतिज्ञ र ब्रेक्जीट पार्टीका नेता नाइजेल फराज र उनका पूर्व सल्लाहकार रहिम कसामको उपस्थितिले पनि उक्त सम्मेलनबारे धेर चर्चा भएका छन्।

सम्मेलन आयोजना भएको होटेल अगाडी केही प्रदर्शनकारीहरूले चरम पन्थी अमेरिकी विचारधाराहरू अस्ट्रेलिया भित्राइने प्रयत्न भइरहेको आरोप लगाएका थिए।

सम्मेलनका समर्थक र विरोधीहरू बिच झडप पनि भएको बताइएको छ।

ती प्रदर्शनकारीहरू मध्येकी एक थिइन राष्ट्रिय विद्यार्थी सङ्गठन कि हर्ष कडकोल।

अमेरिकी चरम दक्षिण पन्थीहरू द्वारा प्रायोजित उक्त सम्मेलनले अस्ट्रेलियामा पनि राष्ट्रियता र रंगभेदी विचारधाराको प्रचार गर्ने उनी बताउँछिन्।
Police watch on during the stand off.
Police watch on during the stand off. Source: AAP
सम्मेलनलाई सम्बोधन गर्दै नाइजेल फराजले पश्चिमी राष्ट्रहरूमा, उनकै शब्दमा, "वास्तविक" रुडीबाडी नेताहरूको पुनरागमन भएको बताउँदै, प्रधान मन्त्री स्कट मोरिशनको पनि प्रशंसा गरेका थिए।

तर उनले अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री म्याल्कल्म टर्नबुललाई “एक सर्प” को संज्ञा दिए र आफ्नो देशका पूर्व नेत्री थेरेसा मेको पनि आलोचना गर्दै उनीहरू दुवैले आफू "रुढीवादी" भएको नाटक गरेको फराजले आरोप लगाए।

फराजले अस्ट्रेलियाको अधयागमन नीतिको पनि प्रशंसा गरेका थिए। साथै उनले आगामी अक्टोबर ३१ सम्ममा युरोप बाट ब्रिटेन बाहिरिने मितिको पालना गर्न पनि ब्रिटिस प्रधान मन्त्री बोरिस जोन्सनलाई चेतावनी दिए।
Nigel Farage at CPAC in Sydney.
Nigel Farage at CPAC in Sydney. Source: Nick Baker
लेबर पार्टीले चाहिँ उक्त सम्मेलन सुरु हुनु अगाडी नै त्यसबारे चिन्ता व्यक्त गरेको थियो।

विपक्षी कि गृह मामिला छाया मन्त्री क्रिस्टिना कनेलीले एबीसीसँगको कुराकानीमा पूर्व प्रधानमन्त्री टोनी एबट देखि वर्तमान सांसदहरूको पनि उपस्थिति रहने उक्त सम्मेलनलाई लिबरल पार्टी आबद्ध अध्ययन केन्द्र द्वारा प्रायोजित गरिएको बताएकी थिइन।

सम्मेलनमा सहभागी लिबरल सांसद क्रेग केलिले चाहिँ अस्ट्रेलियालीहरूले अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अधिकारको बचाउ गर्नु जरुरी रहेको भन्दै आफ्नो उपस्थितिको पनि बचाउ गरेका थिए।

न्यु साउथ वेल्स कि पूर्व प्रिमियर पनि रहेकी सङ्घीय लेबर सभासद् केनेलीले सीप्याक सम्मेलन सुरु हुनु अगाडी अर्का ब्रिटिस अभियन्ता रहिम कसामलाई पनि अस्ट्रेलियाको भिसा नदिन सरकार समक्ष आग्रह गरेकी थिइन।

तर सिड्नी सम्मेलनमा सहभागी भएका कसामले कनेलीको आलोचना गरे पछि उपस्थित हरू माझ "सेन्ड हर ब्याक” वा उनलाई आफ्नै देश फिर्ता पठाउनु पर्ने नाराबाजी भएको पनि समाचारहरूमा बताइएको छ।

उक्त कथित घटना पछि सामाजिक सञ्जाल मार्फत क्रिस्टिना कनेलीले "अमेरिकी चरम दक्षिणपन्थीहरूले मलाई फिर्ता पठाउन भनी रहेका छन् - कहाँ अमेरिकामा? भन्दै संयुक्त राज्यमा जन्मिएकी सभासद्ले प्रश्न गरिन।

अर्का लेबर सांसद रिचार्ड मार्ल्सले पनि आफ्ना सहकर्मीको समर्थनमा बोल्दै के प्रधान मन्त्री स्कट मोरिशनले आफूलाई उक्त सम्मेलन बाट पन्छाउने छन् भन्दै स्काई समाचारसँगको कुराकानीको क्रममा प्रश्न गरे।
Labor Senator Kristina Keneally.
Labor Senator Kristina Keneally. Source: AAP
सङ्घीय व्यापार मन्त्री साइमन बर्मिन्ग्हमले चाहिँ सार्वजनिक कार्यक्रमहरूमा अभिव्यक्ति स्वतन्त्रताको बचाउ गर्नु पर्ने जोड दिएका छन्।

यसै क्रममा स्काई समाचारसँगकै कुराकानीमा ब्रिटिस राजनीतिज्ञ नाइजेल फराजले क्रिस्टिना कनेलीलाई उदृत गर्दै "बाम पन्थी" हरू उग्र बन्दै गएको आरोप लगाए।

सभासद् कनेलीले चाहिँ चरम दक्षिणपन्थी र गोरोजातिको राष्ट्रियता जस्ता विचारधाराहरू फैलन नदिन अस्ट्रेलियालीहरू एकजुट हुनुपर्ने बताउँछिन्।


Share