सन्दर्भ: अन्तर्राष्ट्रिय सुरक्षित इन्टरनेट दिवस

Melbourne teenager Jade Hameister.

Jade Hemeister is one of two teenagers set to receive awards from Prince Harry and Meghan Markle. (AAP) Source: AAP

Get the SBS Audio app

Other ways to listen

गत फेब्रुवरी ५ तारिख अन्तर्राष्ट्रिय सुरक्षित इन्टरनेट दिवस दिवसको सन्दर्भ पारेर अस्ट्रेलियाली सरकार अन्तर्गतको इन्टरनेट सुरक्षा आयोगले विश्वका प्रमुख प्राविधिक संस्थाहरूलाई आफ्ना प्रयोगकर्ताहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर सोच्न आग्रह गरेको छ।


इन्टरनेट प्रयोग गर्दा आफू माथि हुनसक्ने दुर्व्यवहारहरूबाट कसरी बच्ने र त्यसका निमित्त के गर्न सकिन्छ भन्नेबारे इन्टरनेट सुरक्षा आयोगले विश्वका प्रमुख प्राविधिक संस्थाहरूलाई सोच्न आग्रह गरेको हो।
गत फेब्रुवरी ५ तारिख अन्तर्राष्ट्रिय सुरक्षित इन्टरनेट दिवस हो भने त्यसको ठिक एक दिन अगाडी चाहिँ सामाजिक सञ्जाल फेसबुकको जन्मदिन - पन्ध्र वर्ष अगाडी, चार फेब्रुवरीको दिन मार्क जुकरबर्गले फेसबुकलाई जन्म दिएका थिए।
इन्टरनेटमा हुने दुर्व्यवहारहरूमा सामाजिक सञ्जालहरूको भूमिका बारे चर्चाहरू त हामीले सुन्दै आएका छौँ।

ई-सुरक्षा आयुक्तका अनुसार ती संस्थाहरूले इन्टरनेटमा हानिकारक सामाग्रीहरू प्रकाशित गर्नबाट रोक लगाउन सकिने नीति लागु गराउनु जरुरी भएको छ।

सङ्घीय सञ्चार मन्त्री मिट्च फाईफिल्डले विश्व सुरक्षित इन्टरनेट प्रयोग दिवसको उपलक्ष्यमा बोल्दै अनलाइनमा हुने दुर्व्यवहारलाई अन्त्य गराउन एक-अर्का माथि वास्तविक समुदायमा जस्तो व्यवहार गरिन्छ त्यस्तै व्यवहार अनलाइन समुदायमा पनि हुनुपर्ने उनको भनाइ छ।
A nationwide trial of a digital licence to prove online safety competency will begin next month.
A nationwide trial of a digital licence to prove online safety competency will begin next month. Source: AAP
स्कुले बाल-बालिकालाई अनलाइन सुरक्षाबारे बुझाउन जरुरी रहेको पनि अधिकारीहरूको भनाई रहेको छ।

यसैक्रममा क्लिफटन हील प्राथमिक विद्यालयमा अध्यनरत बाल-बालिकाहरूलाई भर्चुअल कक्षामा इन्टरनेट प्रयोग गर्दा अपनाइनुपर्ने व्यवहारबारे बताइएको थियो।

विशेषतः: आदर, दायित्व, मनोबल विकास र आफ्ना भनाइहरूलाई आदरपूर्ण कसरी राख्न सकिन्छ भन्नेबारे बुझाइएको थियो।

एघार वर्षीय लियो बकल भन्छन्, "इन्टरनेटमा हानिकारक सामाग्रीहरू कसरी चिन्ने र त्यस्ता सामाग्रीहरूबाट कसरी टाढा बस्ने बारे सिक्नु जरुरी छ नि!"
Stock image cyber security
Source: AAP
चार जना मध्ये कम्तीमा एकजनाले इन्टरनेट प्रयोग गर्ने क्रममा उनीहरूलाई नचिनेको व्यक्तिले सम्पर्क गर्ने प्रयास गरेको केही तथ्याङ्कहरूले बताएका छन्।

त्यस्तै, प्रत्येक पाँच जना मध्ये चार जनाले कुनै प्रकारको साइबर बुलिंगको सामना गर्नु परेको तथ्याङ्क बाहिर आएका छन्।

कक्षा ६ मा अध्यनरत छात्रा शिभोन डक्रे यस्ता सम्भावित खतराहरू बारे आफूले बुझेको बताउँछन्।

आफू समक्ष इन्टरनेटमा रहेका भनिएका कथित अनुचित सामाग्रीहरू सम्बन्धी दिनहुँ १४० जतिको सङ्ख्यामा गुनासो तथा उजुरीहरू आउने गरेको इ-सुरक्षा आयुक्त जुली इनम्यानको भनाई रहेको छ।
"यस्ता अनुचित तथा दोषयुक्त सामाग्रीहरूलाई हटाउन प्राविधिक संस्थाहरूले थप कदम चाल्न जरुरी रहेको छ।"
साथै, इन्टरनेटमा हुने दुर्व्यवहार बाट कोही पनि सुरक्षित नरहेको पनि प्रस्ट हुँदै गएको छ। गएको वर्ष स्की गर्दै नर्थ पोल र साउथ पोल पुग्ने सबै भन्दा कम उमेरकी युवती बन्न सफल जेड ह्यामिस्टरले पनि आफ्नो विश्व किर्तिमान पछि यस्ता प्रतिक्रियाहरू पाएकी थिइन।

आफूले पाएको अपमानजनक सन्देशहरूमा केही पुरुषहरूद्वारा आफूलाई भान्छामा फिर्ता गएर पुन: स्याण्डविच बनाउन थाल्नु पनि भनेको उनी बताउँछिन्।
१७ वर्षीय ह्यामिस्टरले त्यस्ता टिप्पणीहरूको जवाफ पनि विशेष तरिकाले दिएर चर्चा बटुलिन। उनले आफूद्वारा बनाइएको भनिएको एक स्याण्डविचको तस्बिर सामाजिक सञ्जालमा राख्दै ३७ दिनमा ६०० किलोमिटर स्की गरेर साउथ पोल पुगेपछि उक्त स्याण्डविच खान चुनौती दिइन!

ह्यामिस्टर १२ बर्षकै उमेरमा सगरमाथा बेस क्याम्पसम्म पुगेर चर्चा बटुलेकी थिईन्। 


Share