अर्को हप्ता घोषणा हुने सङ्घीय बजेटमा सरकारले आप्रवासन सम्बन्धी नयाँ लक्ष्य तोक्ने सम्भावना

Pedestrians in Sydney CBD

Pedestrians in Sydney CBD Source: AAP

Get the SBS Audio app

Other ways to listen

महामारीका कारण अस्ट्रेलियामा बसाई सराई गर्नेहरूको सङ्ख्यामा ठुलो गिरावट आएको छ। दक्ष कामदारहरूको सङ्कट र सुस्त जनसङ्ख्या वृद्धिले अस्ट्रेलियाको कोभिड–१९ पश्चात् आर्थिक पुनरुत्थानमा असर गर्ने देखिएको छ। तर विज्ञहरू भने, यसले अस्ट्रेलियाको आर्थिक पक्षमा मात्र नभई अस्ट्रेलियाली समाजको समृद्ध सांस्कृतिक बनौटलाई पनि असर पार्ने बताएका छन्।


महामारीको सुरुवातसँगै अस्ट्रेलियामा बसाई सराई गर्ने मानिसहरूको सङ्ख्या निकै घटेको छ ।

अस्ट्रेलियाली तथ्याङ्क विभागका अनुसार कुनै बेला प्रत्येक महिना करिब २० लाख मानिससम्म अस्ट्रेलिया आउने गर्दथे ।

तर अहिले यो ३५ हजारमा सीमित छ ।

महामारी अगाडीको अवस्थामा आप्रवासन फर्कन कम्तीमा पनि चार वर्ष लाग्ने पूर्वानुमान ट्रेजरीले गरेको छ र यो पनि अस्ट्रेलियाको खोप कार्यक्रम र सुरक्षित क्वारेन्टिन व्यवस्थामा निर्भर रहन्छ।

अर्थशास्त्री ग्याब्रिएला डी'सुजा भन्छिन् बसाई सराई अर्थतन्त्रका लागि निकै फलदायक छ र बजेटलाई सही ठाउँमा ल्याउन यो नितान्त आवश्यक पनि।

तर हाल बन्द अन्तर्राष्ट्रिय सीमा चाँडै खुल्ने सङ्केत नमिल्दा, धेरै मानिस मङ्लबार घोषणा हुने सङ्घीय बजेटले आप्रवासन सम्बन्धी के-कस्तो लक्ष्य निर्धारण गर्ने छ भनेर प्रतिक्षारत छन्।


Rahim Zaidi
Rahim Zaidi started a football club in Adelaide. Source: Supplied
रहीम जैदीले एडिलेडमा स्थापना गरेको पहिलो अफगानी फुटबल क्लब गत दुई दशकको समयमा २२ सदस्यबाट बढेर १५० जना पुगेको छ ।

उनी भन्छन् कि खेलले समुदायलाई एक ढिक्का हुन मद्दत गरेको छ ।

“जब मैले क्लब सुरु गरे म त्यति धेरै अस्ट्रेलियनहरूलाई चिन्दिन थिएँ," जैदीले भने।
"तर जब मैले फुटबल खेल्न सुरु गरेँ, क्लबहरूमा गएर मानिसहरू जम्मा पारेँ; अहिले हामीसँग अस्ट्रेलियालीहरू माझ धेरै साथीहरू छन्।"
एडिलेडको भित्री उत्तरी क्षेत्र किलबर्नमा विगत १० वर्षको समयमा हजाराहरुको सङ्ख्या निकै बढेको छ ।

धेरै मानिसहरू आफ्नो देशमा चरम सङ्कट आएपछि नयाँ जीवनको सुरुवात गर्न यहाँ आएका हुन् ।

साउथ अस्ट्रेलिया विश्वविद्यालयका डेभिड ऱ्याडफोर्डले अफगानी हजाराहरुका बारेमा अनुसन्धान गरेका छन्।
Ghan Kilburn City Football Club
Ghan Kilburn City Football Club Source: Supplied/Ghan Kilburn City Football Club
ऱ्याडफोर्ड भन्छन् कि उनीहरूको सङ्ख्या पहिले निकै कम थियो तर पछिल्लो पटकको जनगणनामा करिब १५ सयले उनीहरूको सङ्ख्यामा वृद्धि भएको छ ।

"त्यसैले पनि यो ठाँउमा उनीहरूको उपस्थिति ठुलो देखिएको हो," उनले भने।

हाल यस समुदायले पोर्ट-एडिलेड एनफिल्ड क्षेत्रलाई पुनर्जागृत गरेको श्रेय पाएको छ।

कुनै बेला निकै धेरै आपराधिक घटना एवम् कम सामाजिक आर्थिक स्थितिका लागि जानिएको उक्त क्षेत्र अहिले समृद्ध बहुसाँस्कृतिक केन्द्र बनेको छ र जसलाई हाल स्नेहपूर्वक "लिटिल अफगानिस्तान" भनेर पनि सम्बोधन गरिन्छ।
Adelaide pedestrians - AAP.
Adelaide pedestrians - AAP. Source: Credit: AAP Image/Kelly Barnes.
अध्यागमन एजेन्ट एवम् सामुदायिक नेता युनुस नुरी आफ्नो समुदायले गरेको योगदानमा गर्व गर्दछन् ।

“पत्याउनै नसक्ने गरी समाजमा उल्लेख्य परिवर्तन आइरहेको छ – फस्टाइरहेको छ, हामी कहाँ विभिन्न खाद्य पर्दासँगै धेरै रेष्टुरेण्टहरु छन्, धेरै किराना स्टोरहरू पनि छन्, यहाँ कपाल काट्ने सेवा छ, बेकरीहरू छन् जसले ताजा खाद्य सामाग्री समुदायलाई दिइरहेको छ ।”

यसै भएर पनि सो क्षेत्रमा घरजग्गाको भाउ अहिले आकासिँदो रहेको डेभिड ऱ्याडफोर्डले बताए।


Share