भारत भ्रमण नेपालका लागि 'फलदायी' हुने प्रधानमन्त्रीको अपेक्षा र नक्कली शरणार्थी प्रकरणमा १७ जना पक्राउ: गत सात दिन नेपालमा

Pushpa Kamal Dahal (Prachanda)

Current Nepali Prime Minister Pushpa Kamal Dahal (Prachanda) Source: EPA / NARENDRA SHRESTHA/EPA

Get the SBS Audio app

Other ways to listen

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ बाट सुरु हुने चार दिने भारत भ्रमण नेपालका लागि फलदायी हुने बताएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आगामी बुधवार भारत प्रस्थान गर्ने तयारीमा रहेका प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।


प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड बुधवार भारत भ्रमणमा जाँदै छन्। गत पौषमा प्रधानमन्त्रीको कार्यभार सम्हालेयता प्रचण्डको यो पहिलो विदेश भ्रमण हो।

नेपाल र भारत दुवै देशका परराष्ट्र मन्त्रालयले शनिवार प्रधानमन्त्रीको भारत भ्रमणको मिति लगायतका विवरण औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री जेठ १७ देखि २० सम्म भारत भ्रमणमा रहने छन् र यस क्रममा उनले भारतका राष्ट्रपति, उपराष्ट्रपति लगायत अन्य विशिष्ट व्यक्तिहरू पनि भेट्ने जनाइएको छ।

प्रधानमन्त्रीको पद सम्हालेको केही महिनायता प्रचण्डको भारत भ्रमणको चर्चा चलिरहेको थियो र गत साता एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भारत भ्रमण फलदायी बनाउने बताउँदै भने, "मेरो निकट भविष्यमा हुन लागेको भारत भ्रमणमा केही रेकर्डहरू बनाउने आशा लिएको छु।"

यस्तै, शनिवार सदनलाई सम्बोधन गर्दै उनले भारत भ्रमणमा दुई देशको सीमा बारे पनि कुरा गर्ने बताए।
पूरा रिपोर्ट सुन्नुहोस्:
nepali_280523_WeeklyWrapNepal image

भारत भ्रमण नेपालका लागि 'फलदायी' हुने प्रधानमन्त्रीको अपेक्षा र नक्कली शरणार्थी प्रकरणमा १७ जना पक्राउ: गत सात दिन नेपालमा

SBS Nepali

28/05/202310:54
काठमान्डुमा सम्पदा यात्रा बस सेवा

काठमान्डु उपत्यकामा यस साताबाट सम्पदा यात्रा बस सेवा सुरु भएको छ। काठमान्डु उपत्यकामा रहेका सम्पदाहरू हेर्न इच्छुकहरूलाई ती स्थानहरूमा सहजै पुग्न सकुन् भन्ने उद्देश्यका साथ सम्पदा यात्रा बस सेवा सुरु गरिएको अधिकारीहरूले बताएका छन्।

उक्त बस सेवाको आरम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरालीले गरे। हाल परीक्षणका लागि दैनिक दुई वटा बस यस कार्यका लागि गुडाइने बताइएको छ। बसहरू बिहान आठदेखि ६ बजेसम्म चल्ने छन्।

उक्त बसले पाटन दरबार स्क्वायर, काठमान्डु दरबार स्क्वायर, नारायणहिटी दरबार सङ्ग्रहालय लगायत पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन गर्ने बताइएको छ।

भोटो जात्रा सम्पन्न

बिहिवार भोटो जात्रा मनाइएको छ। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुराएपछि भोटो देखाउने गरिन्छ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतित्थ्यमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाए। बैशाख ११ देखि सुरु भएको रथ यात्रा भोटो देखाएसँगै यस वर्षको जात्रा सम्पन्न भएको छ। उक्त अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख एवं विभिन्न मन्त्रालयका मन्त्रीहरू पनि सहभागी भएका थिए।
थप सुन्नुहोस्:
pratiskshya report image

‘नेपालीहरूको ढिलासुस्तीका कारण पनि टुँडाल फर्काउन यत्तिका वर्ष लागेको हो’ : माइकल ब्रान्ड

SBS Nepali

20/05/202310:46
नीति तथा कार्यक्रम पारित

गत साता सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभाले पारित गरेको छ।

सरकारका पाँच वर्षका प्राथमिकता बुझ्न र देशमा देखिएको आर्थिक सङ्कटलाई हल गर्न सरकारको तर्फ बाट कस्तो कार्यक्रम आउला भनेर पनि नीति तथा कार्यक्रमलाई निकै महत्त्वका साथ हेरिएको थियो।

यस साता सदनमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदहरूले आफ्ना धारणा राखे। जसमध्ये प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटले मुलुकमा देखिएका समस्याको समाधान गर्ने तर्फ उन्मुख नरहेको धारणा व्यक्त गरे।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम उद्देश्यहीन र गन्तव्यहीन रहेको बताए र सरकारलाई नयाँ नीति तथा कार्यक्रम ल्याउन आग्रह गरे।

"प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस्, पुर्न लेखन गर्नुस्, यसबापत कुनै राजनीतिक एजेन्डा नबनाउँला," उनले भने।

यस्तै, प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना लामाले संघीय सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उनले २०८४-२०७५मा गाउँपालिकाको उपाध्यक्ष हुँदा ल्याएको नीति तथा कार्यक्रम जस्तै भएको भन्दै व्यङ्ग गरिन्।

"यसको बुँदाहरू हेर्छ ६ वर्षअघि गाउँपालिकामा मैले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको हुबहु कपि पेस्ट जस्तो देखेँ," उनले भनिन्।

गणतन्त्र दिवस तीन दिन मनाइने

सरकारले यस वर्ष तीन दिन गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ। जेठ १५ गते पर्ने गणतन्त्र दिवस तीनै तहका सरकारले भव्य रूपमा मनाउने सरकारको प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले बताइन्।

नेपालमा गणतन्त्र आएको १५ वर्ष भएको सन्दर्भमा यस वर्ष गणतन्त्र विशेष रूपमा मनाउने सरकारको तयारी रहेको मन्त्री शर्माले बताइन्।

यस्तै राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसको अवसरमा बिहिवार आयोजना गरेको फोटो प्रदर्शनलाई सम्बोधन गर्दा मन्त्री शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने धारणा बताइन्।
थप सुन्नुहोस्:
nepali_020223_NepalReport image

विदेशी नागरिकता भएका अस्ट्रेलियामा बस्ने नेपालीहरूले ध्यान के-कस्ता कुरामा दिनुपर्ला त?

SBS Nepali

03/02/202315:16
रास्वपाका सभापति लामिछाने विरुद्ध अर्को मुद्दा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा फेरी नागरिकता सम्बन्धी मुद्दा दर्ता भएको छ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पछि नेपाली नागरिकता लिँदा त्रुटि भएको भन्दै युवराज पौडेलले उनी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन्।

अमेरिकी नागरिकता त्याग गरेपछि लामिछानेले नेपाली नागरिकता पुन:प्राप्त गर्नुपर्ने तर उनले त्यसो नगरी आफ्नो पुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएको भन्ने विषयमा उनी विरुद्ध मुद्दा दर्ता भएको हो।

यस अघि पनि उनी विरुद्ध सर्वोच्चमा नागरिकता सम्बन्धी मुद्दा परेको थियो र सर्वोच्चको आदेशपछि गत माघ महिनामा उनको सांसद र उपप्रधानमन्त्री दुवै पद गुमेको थियो।

चौधरीलाई आम माफी दिने सरकारको तयारी

सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आम माफी दिने तयारी गरिरहेको समाचारहरू बाहिर आएको बेलामा राष्ट्रिय जनमोर्चा पार्टीले सरकारको उक्त कदम प्रति आपत्ति जनाएको छ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले टिकापुर हत्याकाण्ड राजनीतिक नभएर आम नरसंहारको घटना भएको उल्लेख गरेका छन्। सरकार टिकाउनका लागि उक्त घटनाको मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिई कैद मिनाहा गराउन लागेको आरोप लगाएका छन्।

यस्तो कार्यले दण्डहीनता र अपराधको राजनीतिकरण बढ्ने भन्दै आम माफीको प्रक्रिया रोक्न सरकारसँग माग गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालय मार्फत उनको कार्यालय गएको चौधरीको नामको निवेदनमा प्रचलित कानुन, अदालतबाट भएको फैसलाबाट प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी गर्नु भन्दै शुक्रवार गृह मन्त्रालयमा पठाएका छन्।

यससँगै चौधरीको सजाय माफी गर्ने बाटो खुलेको जानकारीहरूले बताएका छन्।

राष्ट्रपति कार्यालयबाट आएको कागजातबारे गृह मन्त्रालयले महान्यायाधिवक्ताको सुझाव लिएर माफीको प्रस्ताव मन्त्रिपरिषद् पठाउने बताइएको छ।

टिकापुरमा सात भदौ २०७२मा थारुवान आन्दोलनका क्रममा एक नाबालक सहित सात सुरक्षाकर्मीको मृत्यु भएको थियो। उक्त घटनाको मुख्य योजनाकार ठहर गर्दै जन्म कैदको सजाय सुनाएको थियो।

मुद्दा जिल्ला अदालत कैलालीमा विचाराधीन रहेको बेलामा कैलाली १ बाट प्रतिनिधिसभा सदस्य चुनाव जितेपछि चौधरीले आत्मसमर्पण गरेका थिए। उक्त निर्णयलाई उच्च अदालत दिपायल र सर्वोच्च अदालतले सदर गरेका थिए।
थप सुन्नुहोस्:
Parsuram Sharma Luitel image

“सेटल भइसकेकाहरूलाई होस्ट कन्ट्रीले शङ्का गर्ने अवस्था छ”

SBS Nepali

23/05/202308:43
नक्कली भुटानी शरणार्थी प्रकरण: अदालतले बयान लिन थाल्यो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरूसँग अदालतले शुक्रवारदेखि बयान लिन सुरु गरेको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ विदेश पठाउने प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले सोमवार सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो।

यस प्रकरणमा जोडिएका ३३ जना विरुद्ध मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको थियो भने सो मुद्दामा २७ करोड बराबरको बिगो कायम हुने निष्कर्ष समेत निकालेको छ। ३३ जना मध्ये हालसम्म प्रहरीले १७ जनालाई पक्राउ गरेको बताएको छ।

यस्तै प्रहरीले यस प्रकरणमा हालसम्म प्रमाण भेटिएकाहरूको अनुसन्धान प्रतिवेदन बुझाए पनि थप व्यक्तिहरूको अनुसन्धान जारी रहने बताएको छ।

यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको छानबिनप्रति आशङ्का व्यक्त गरेको छ।

प्रतिनिधिसभामा दलको तर्फबाट आफ्नो धारणा राख्दै रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले पछिल्लो समय तीन दलका शीर्ष नेताहरू मात्रै भेट्दै आएकोमा आपत्ति जनाउँदै भने, "आज कुनै राजनीतिक दल बाँकी छैन जसको नाम लिन बाँकी रहेको होस्। त्यत्ति मात्र होइन राज्यको अनुसन्धान गर्ने अधिकारी त्यसको प्रमुखको नाम आइरहेको छ।"

"यहाँ मुछिएको मानिसको नाम हेर्नुस् यो राज्यमा हामीले कसलाई विश्वास गर्ने यस कारणले विश्वासको वातावरण बन्द भएको छ।"

यस्तै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम लिइएका केही अति विशिष्ट व्यक्तिहरूलाई सोधपुछ समेत नगरिएको विषय पनि उठाए र सत्य तथ्य बुझ्न एउटा संसदीय समिति बनाउन पनि माग गरे।

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग लिएर नेकपा एमालेनिकट युवा सङ्घले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा अपुरो अनि अधुरो अनुसन्धान गरेको र निर्दोषलाई फसाउन खोजेको विषय उठाएका छन्।

जवाफमा गृहमन्त्री श्रेष्ठले प्रहरीले निष्पक्ष अनुसन्धान गरेको र कसैले कसैलाई आरोप लगाएको भरमा मात्र मुद्दा नलगाइएको बताए।

Share