न्यु साउथ वेल्सका बढ्दा कोभिड-१९ सङ्क्रमणले अर्थव्यवस्था माथि कस्तो प्रभाव पार्न सक्छ ?

Federal Budget 2021: Economic and fiscal outlook

Federal Budget 2021: Economic and fiscal outlook Source: Getty Images

Get the SBS Audio app

Other ways to listen

सन् २०२१ सालको आगमन सँगै न्यु साउथ वेल्स र भिक्टोरियाका केही ठाउँहरूमा कोरोना भाइरस सङ्क्रमितहरू अप्रत्याशित रूपमा बढ्दै छन्। यसले उग्रँदो अस्ट्रेलियाको अर्थव्यवस्थालाई हानि पुर्‍याउला त ? आर्थिक विज्ञ विश्वास भट्टराईको विचार यस्तो छ।


यस मासिक शृङ्खलामा समावेश विषयहरु:

  • न्यु साउथ वेल्समा कोभिड-१९ सङ्क्रमणको लहर बढ्दो छँदा, यसले अर्थव्यवस्थामा कस्तो असर गर्ला ?
  • आउँदा ६-७ महिनासम्म अस्ट्रेलियाको आवास र निर्माण उद्योग राम्रो चल्ने प्रक्षेपण  
  • पछिल्लो समय अस्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थीहरूमा कमी आउँदा यसले भाडा बजारमा पारेको प्रभाव 
  • सन् २०२१ मा ब्याज दर बढ्ने सम्भावना छ कि छैन ?

 

यसपल्टको कुराकानीमा, अर्थिक सल्लाहकार भट्टराईले अन्य देशहरुको तुलनामा अस्ट्रेलियाले कोभिड-१९ को नियंंत्रणमा पाएको तुलनात्मक सफलताले गर्दा भवन-निर्माण लगायतका क्षेत्रहरु फस्टाईरहेको र यसको सेरोफेरोमा रोजगारीका अवसरहरु पनि बढेको बताउछन्।



यी विषय सहितको कुराकानी माथि रहेको मिडिया प्लेयरबाट सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Share