भाडामा बस्नेदेखि घरधनीसम्म: ब्याजदर वृद्धिले तपाईँलाई कस्तो असर पर्ला?

Australians face higher mortgage costs with another rate hike all but certain

Australians face higher mortgage costs with another rate hike all but certain Source: Getty Images

Get the SBS Audio app

Other ways to listen

११ वर्ष पछि पहीलोपटक रिजर्भ बैंकले आफ्नो ब्याजदर बढाएको छ। हालसम्मकै न्यून ०.१ प्रतिशत रहेको ब्याजदर ०.२५ अङ्कले बढाएर ०.३५ प्रतिशत पुगेको छ।


रिजर्भ बैकको पछिल्लो निर्णयले मोर्गेज तरिरहेका वा घर किन्दै गरेका अस्ट्रेलियालीहरुलाई धेरै नै प्रभावित बनाउने देखिएको छ।

भर्खरै मात्र सिड्नीको दक्षिणी सर्वब रकडेलमा अपार्टमेन्ट किनेकी रमोना गुप्ता प्रभावित हुने मध्येकी एक हुन्।

आफ्नो पहीलोघरका लागि १८ वर्षको उमेरदेखि बचत गर्न सुरु गरेकी गुप्ताले ३० वर्षको उमेरमा आएर आफ्नो घर किन्ने सपना साकार पारेकी थिइन्।
Ramona Gupta, who recently purchased a home in Rockdale, NSW.
Ramona Gupta, who recently purchased a home in Rockdale, NSW. Source: Supplied
तर मङ्गलवारको रिजर्भ बैंकको ब्याजदर बढाउने निर्णयले उनी चिन्तित भएकी छन्।

परेको अवस्थामा आफ्नो खर्च कटौती कसरी गर्ने भेउ पाइसकेकाले अवस्था आए त्यसका लागि आफू तैयार रहेको उनी बताउँछिन्।

“जब खर्च कटौतीको कुरा आउँछ, वचतका लागी  सबैभन्दा पहिले गर्ने कुरा भनेका बाहीर कम जाने, टेक–अवे जस्ता किन्न  बन्द गर्ने, उबर इट्समा खर्च कम गर्ने जस्ता नै हुन्,” गुप्ता भन्छिन्।

गुप्ताले आफ्नो बैक ऋणलाई दुई भागमा विभाजन गरेकी छन्, लगभग आधा ऋण अर्थात् २३६,००० उनले निश्चित ब्याजदरमा राखेकी छन् भने २३३,००० को ऋणको अर्को भागलाई भने भेरीएबल रेटमा राखेकी छन्।

तर निश्चित ब्याजदरमा राखिएको ऋण केवल दुई वर्षका लागि अनुबन्धित छ, अर्थात् उनी दुई वर्ष पछि ब्याजदर कति पुग्ने हो भन्ने कुरा उनलाइ चिन्ता छ।
यद्यपि उनी धेरै कारणले आफूलाई भाग्यमानी ठान्छिन्।

“कोभिड–१९ का बेला केही थप रकम जोगाउन सके, घरबाटै काम गर्न पाएकोमा आफूलाई भाग्यमानी सम्झन्छु,” उनले भनिन्।

कमनवेल्थ, एएनजेड, वेस्टप्याक, न्याब जस्ता बैकले रिजर्भ बैककै दरमा पारित गरिसकेका छन्।
रिपोर्ट सुन्नुहोस्।भाडामा बस्नेदेखि घरधनीसम्म: ब्याजदर वृद्धिले तपाईँलाई कस्तो असर पर्ला? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यी बैङ्कहरूका अनुसार ०.२५ प्रतिशत व्याज बढ्नुको अर्थ ५००,००० सम्म ऋण लिएकाहरूलाई महिनाको ६५ डलर अतिरिक्त रकमको भार पर्नु हो, र १० लाखसम्म लिएकाहरूलाई १३० प्रति महिनाको भार थपिनु हो।
जब खर्च कटौतीको कुरा आउँछ, सबैभन्दा पहिले कम गर्ने कुरा भनेका बाहिर जाने, टेक–अवे बन्द गर्ने, उबर इट्स नगर्ने जस्ता नै हुन्
रिर्जभ बैंकका गभर्नर फिलिप लोवी भन्छन् कि कोभिड–१९ महामारीको चपेटालाई कम गर्न ल्याइएको असाधारण मौद्रिक सहयोग फिर्ता लिन सुरु गर्ने यो नै सही समय हो।

उनले ब्याजदर थप बढ्न सक्ने पनि सङ्केत गरेका छन्।

“अर्थतन्त्र लचिलो साबित भएको छ, मुद्रास्फीति पनि सोचे भन्दा माथि र निकै छिटो माथि उठेको छ,” विज्ञप्ति मार्फत उनले भनेका छन्।

“प्रमाणहरूले ज्याला वृद्धि पनि भइरहेको देखाउँछ, मौद्रिक अवस्थालाई सामान्य बनाउन प्रक्रिया सुरु गर्नु नै उपयुक्त हुन्छ।”

बैंकहरूको ऋणको तुलनाका लागि बनाइएको रेट सिटी नामक वेबसाइटकी सेली टिन्डल भन्छिन् कि यो केवल सुरुवात हुन सक्छ।

“वेस्टप्याकले आगामी वर्षको मेसम्ममा ब्याजदर २ प्रतिशतसम्म बढ्ने भविष्यवाणी गरेको छ, यदि त्यसो हो भने ऋणीहरूले महीनाकौ ५११ डलर बढी तिर्नु पर्ने देखिन्छ,” टिन्डल भन्छिन्।
ANZ, Westpac, the Commonwealth Bank (CBA) and the National Australia Bank (NAB) have all passed on the RBA's interest rate hike in full.
ANZ, Westpac, the Commonwealth Bank (CBA) and the National Australia Bank (NAB) have all passed on the RBA's interest rate hike in full. Source: AAP / Joel Carrett
यता नेशनल अस्ट्रेलिया बैङ्कका अनुसन्धान प्रमुख इभान कोलहुन भने रिजर्भ बैंकको वृद्धि गर्ने निर्णय ढिला गरी आएको बताउँछन्।

उनले रिजर्भ बैंकको निर्णय गर्ने प्रवृत्तिमा पनि परिवर्तन आएको बताउँछन्।

“मलाई लाग्छ कि उनीहरू ढिला भएका छन्,” उनले भने।

यद्यपि केही मानिसहरू बैंकको ब्याजदरबाट प्राप्त हुने आम्दानीमा निर्भर हुन्छन्, उनीहरू निश्चित मुद्दती खाताहरूमा पैसा राखिरहेका हुन्छन्।

पल भर्सटिज, न्यु साउथ वेल्सको पेन्सनर एन्ड सुपरएनुएसन एसोसिएसनका नीति हेर्ने प्रबन्धक हुन्।
अर्थतन्त्र लचिलो साबित भएको छ, मुद्रास्फीति पनि सोचे भन्दा माथि र निकै छिटो माथि उठेको छ
उनको बुझाइमा मुद्धति खाताबाट व्याज आम्दानी गर्नेहरू पनि महँगाइका कारण कमै फाइदा पर्छन्।

“मलाई लाग्दैन कि मद्धति खातामा पैसा राख्नेहरू पनि मंहगाईको दरसँग समानान्तर आउन सक्छन्, ऐतिहासिक दरलाई हेर्ने हो भने पनि निक्षेपकर्ताहरुले प्राप्त गर्ने दर सामान्यतया न्यून सकारात्मक वा नकारात्मक नै छ।”

तथ्याकं विभागको मेसम्मको चौमासिक रिर्पोटमा मुद्रास्फीति बढेर ५.१ प्रतिशत पुगेको देखिए पछि रिजर्भ बैंकलाई हालसम्मकै न्यून ब्याजदर बढाउन दबाब परेको थियो।

ब्याजदर वृद्धिले पहिलो घर खरिदकर्तालाई कस्तो असर पार्ला?

रिजर्भ बैंकको दर वृद्धिले पहिलो घर खरिदकर्ताहरूलाई मिश्रित प्रभाव पार्न सक्ने सम्पत्ति सम्बन्धी तथ्याङ्क राख्ने कम्पनी प्रपट्रायाकका क्यामन कुसेर बताउँछन्।

उनका अनुसार ब्याजदर बढेसँगै घरको भाउमा भने केही कमी आउन सक्छ।

“तर अर्को तर्फबाट हेर्ने हो भने तपाईँले घर किन्दै हुनुहुन्छ भने तपाईँले किस्ता तिर्न सक्ने क्षमताका बारेमा मुल्याकंन गरिन्छ, जसको आधार अहिलेको मुल्यांकनदर भन्दा धेरै उच्च हुन्छ,” कुसेर भन्छन्।

भाडामा लिइरहेकाहरूलाई कस्तो प्रभाव पार्ला?

एएमपि नामक संस्थाका प्रमुख अर्थविद् सेन ओलीभरका अनुसार ब्याजदर भन्दा पनि भाडाका लागि घरहरूको उपलब्धताले कस्तो प्रभाव पार्छ भन्ने मुल्याकंन हुन्छ।

“कतिपय घरधनीले ब्याजदरबाट परेको अतिरिक्त भारलाई भाडामा बस्नेहरू माथि लगाउन खोज्नेछन् यद्यपि कतिले भने यसलाई अन्य फाइदाहरूका कारण आवश्यक नठान्न पनि सक्छन्,” उनले भने।

“भाडामा अलिकति दबाब पर्न सक्छ, तर मलाई लाग्दैन कि यो महत्त्वपूर्ण हुनेछ।”

कुसेर भन्छन् कि ब्याजदर बढेसँगै बचत खाताको ब्याजदर पनि बढ्नेछ।

Share