अस्ट्रेलियामा सुरक्षित रहन भिडियो मार्फत विद्यार्थीहरूबाटै सन्देश दिइने

Sakcham Subedi.jpeg

Credit: Saksham Subedi

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलियाका नेपाली विद्यार्थीहरूले सामान्य सुरक्षा नियमहरू अनुसरण नगर्दा अकालमा ज्यान गुमाउनु परेका घटनाहरू बढेको भन्दै गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको विद्यार्थी सल्लाहकार परिषद्ले एक सचेतना मूलक भिडियो बनाउने भएको छ। अस्ट्रेलियामा रहेका विद्यार्थीहरूलाई नै सहभागी गराइने उक्त फिल्मले जल सुरक्षा, सडक सुरक्षा, घरेलु हिंसा लगायतका समुदायमा देखिएका विभिन्न समस्याहरूका बारेमा जनचेतना फैलाउने उद्देश्य राखिएको छ। जनचेतना मूलक कार्यक्रमहरूमा नेपाली युवाहरूको सहभागिता बढाउन ल्याइएको उक्त परियोजनाका बारेमा परिषद्का राष्ट्रिय संयोजक सक्षम सुबेदीसँग गरिएको कुराकानी सुन्नुहोस्।


LISTEN TO
nepali_10012023_FilmAwarenessProject.mp3 image

सक्षम सुबेदीसँग गरिएको पुरा कुराकानी सुन्नुहोस्।

07:51
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share