क्वान्टसद्वारा विश्वकै सबैभन्दा लामो र बिना रोकावटको उडानको घोषणा

The new Qantas Airbus A350-1000 arrives at Sydney Domestic Airport, in Sydney, Monday, May 2, 2022.

The new Qantas Airbus A350-1000 arrives at Sydney Domestic Airport, in Sydney, Monday, May 2, 2022. Source: AAP Image/Bianca De Marchi

Get the SBS Audio app

Other ways to listen

क्वान्टसले विशेष नयाँ हवाई सेवा बनाउने घोषणा गरेको छ, जसले अस्ट्रेलियाको यात्रा उद्योगको भविष्य परिवर्तन गर्न सक्छ। कम्पनीको प्रोजेक्ट सनराइज अन्तर्गत सन् २०२५ सम्म बन्ने भनिएका १२ वटा एयरबस ए३५० (Airbus A350), अस्ट्रेलियाबाट विश्वको जुनसुकै सहरसम्म सीधा उड्न सक्ने बताइएको छ।


अस्ट्रेलियाको राष्ट्रिय वायुसेवा कम्पनी क्वान्टसले विश्वको सबैभन्दा लामो र बिना रोकावटको उडान सुरु गर्ने योजना बनाएको छ। युरोप जाने ती हवाई सेवाहरूले अस्ट्रेलियाको पूर्वी तटलाई सीधा लन्डन, न्यू योर्क र पेरिससँग जोड्ने छ।  

प्रोजेक्ट सनराइज नाम दिइएको यस योजनामा कम्पनीले पाँच वर्ष काम गरिसक्यो, र सन् २०२५ को अन्त्य तिर यसको थालनी गरिने अनुमान छ।  


क्वान्टसका प्रमुख कार्यकारी निर्देशक एलन जोइसले सिड्नी विमानस्थलमा यो घोषणा गरेका हुन्। 


बीस घण्टाभन्दा लामो दुरी रहने यी हवाई यात्राका लागि १२ वटा नयाँ एयरबस ३५० विमानहरूको निर्माण गरिने बताइएको छ।  


कोरोना भाइरस महामारीको समयमा थुप्रै कर्मचारीलाई कामबाट निकाल्न बाध्य भएको क्वान्टसका लागि, यो नयाँ योजनाले रोजगारीका अवसरहरू पनि ल्याउने जोइस बताउँछन्।
जोइसको भनाइसहितको पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: क्वान्टसद्वारा विश्वकै सबैभन्दा लामो र बिना रोकावटको उडानको घोषणा हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

प्रोजेक्ट सनराइज सुरु भएको थियो सन् २०१७ मा - जब क्वान्टसले दुई ठुला विमान निर्माण कम्पनी बोइङ र एयरबसलाई सिड्नी, लन्डन र न्यु योर्क बीच लगातार उड्ने विमान बनाउन एक ट्विट मार्फत चुनौती दिएको थियो।  


यो मौका देख्ने बित्तिकै यसलाई हातबाट जान नदिएको, एयरबसका प्रमुख व्यापारिक अधिकारी क्रिस्चियन शेरर बताउँछन्।  


नील ह्यान्सफर्ड, स्ट्राटेजिक एभिएसन्स सल्युसन्सका अध्यक्ष हुन्। उनी भन्छन् कि यस सम्झौताले क्वान्टसका लागि अन्तर्राष्ट्रिय बजारमा झन् बढी प्रतिस्पर्धाको बाटो खोलिदिने छ।   


तर यात्रुहरूको लागि उनको एउटा सन्देश के छ भने, उडानको मूल्य चाहिँ कोभिड-१९ भन्दा पहिलाको स्तरमा फर्किँदैन। 

त्यस्तै, यता घरेलु बजारमा बोइङ ७३७ र ७१७ पछि अब क्वान्टसको 'प्रोजेक्ट विन्टन' अन्तर्गत ४० वटा नयाँ एयरबस क्यारियरहरू निर्माण गर्ने योजना छ।  


यी नयाँ हवाई सेवाहरू सन् २०२३ को अन्त्य तिर देख्न सकिने, र यससँगै आउँदो १२ वर्षको अवधिमा थप ९४ वटा विमानको खरिद-अधिकार पनि क्वान्टसले पाउने छ।  


अस्ट्रेलियामा हाल कोभिड-१९ प्रतिबन्धहरू हल्का हुँदै जाँदा यात्राको माग बढे पछि विमान कम्पनीका यी घोषणाहरू आएका हुन्।  


यससँगै क्वान्टसले सार्वजनिक गरेको आफ्नो व्यापारिक अद्यावधिक रिपोर्ट अनुसार, सीमा बन्दीको समयमा ६ अरब ४० करोड भन्दा बढी पुगेको ऋण, अहिले ४ अरब ५० करोडमा झरेको, कम्पनीका जोइसले बताए।  


एभिएसन प्रोजेक्टसका प्रबन्ध निर्देशक कीथ टनकिन् भन्छन् कि लामो निरन्तर उडानबाट यात्रुहरू थाक्न सक्छन्, तर कोभिड-१९ महामारी पछि मानिसहरूले उडान लाई प्राथमिकता दिन थालेका छन्।  


अन्ततः क्वान्टसका यी नयाँ हवाई सेवाहरूले कम उत्सर्जन गर्दै, वातावरण प्रति कम्पनीको समर्पणसँग पनि मेल खाने छ। टनकिन भन्छन् कि, सम्पूर्ण विमान उद्योगका लागि यो निकै महत्त्वपूर्ण कदम हो।   

Share