विद्युत् महशुल कम गर्न “ट्रेन द ट्रनेर” योजना

POOL Australian Prime Minister Scott Morrison poses for photographs in front of the Tumut 3 power station at the Snowy Hydro Scheme in Talbingo, Tuesday, February 26, 2019. Scott Morrison announced today a further $1.3 billion investment into the Snowy Hy

Australian Prime Minister Scott Morrison poses for photographs in front of the Tumut 3 power station at the Snowy Hydro Scheme in Talbingo, Tuesday, Feb26, '19. Source: AAP

Get the SBS Audio app

Other ways to listen

“ट्रेन द ट्रनेर” नामको कार्यक्रम मार्फत आप्रवासिहरुलाई बिद्युत् खपत कम गरी कसरी महशुल घटाउने भन्ने बारेमा समुदायका धार्मिक एवम् सांस्कृतिक अगुवाहरूबाट जानकारी प्रदान गरिदैछ ।


पश्चिमी सिड्नीमा गर्मीको पारो बढ्दै जाँदा त्यहाँका बासिन्दा इयन इपोनडुलनले कढा खालको निर्णय लिनु पर्‍यो ।

“गर्मीको समयमा इयरकन्डीस्नर चलाउन गार्‍हो भयो, कतिपय अवस्थामा परिवारलाई खर्चको बोझ पर्न जान्छ ,पोहोर साल धेरै समुदायमा त्यसमा पनि बसाइसराइ गरेर आएकाहरूलाई बिद्युत् महसुल बुझाउन निकै कठिन भयो । ”

तर त्यसको केही समय पश्चात् नै फलिपिनो समुदायका युवा धर्म गुरु बिद्युत् खपतमा बौद्धिक उपाय अपनाउने र महसुल पनि कम गर्ने सुझावका साथ आगाडी आए ।

इपोनडुलनल भन्छन् “तरिका यो हो कि समुदायका अगुवाहरूलाई बिद्युत् सेवा प्रदायक कम्पनीका सदस्यहरूले बिद्युत् खपतलाई कसरी कम गर्ने भन्ने उपायहरू सिकाउँछन् । ”
Youth leader Ian Epondulan
Youth leader Ian Epondulan Source: SBS
सिड्नीमा आप्रवासी समुदायका अगुवाहरूलाई ऊर्जा खपतका बारेमा तालिम दिने योजना अस्ट्रेलियामै पहिलो भएको जमिना कर्पोरेट मामिलाका प्रवक्ता माइकल पिन्टाबोना बताउँछन् ।

“आफ्नै समुदायको विश्वसनीय श्रोतबाट सरल जानकारी दिँदा बिद्युत् प्रयोग र त्यसबापतको महशुलदर बुझ्न सजिलो बनाउछ् । ” उनले भने ।


भोईसेस अफ पावर प्रोजेक्टका संस्थापक थि लिन नागुईन भन्छिन् भाषा र सांस्कृतिक कठिनाइका कारण आप्रवासीहरूले आफ्नो क्षमता भन्दा निकै बढी महसुल तिर्न बाध्य छन् ।

“कतिपय मानिस सेवा प्रदायक कम्पनीहरू सँग आत्मविश्वासका साथ बिद्युत् सम्झौता वा महसुलमा उपलब्ध हुने सहुलियत वा छुटका बारेमा बुझ्न सक्दैनन् । ”
bill shock, electric bill, gas bill, water bill
Beware of bill shock this winter. Source: Getty Images/skynesher
भिक्टोरियामा रहेका धेरै आप्रवासी  सरकारले प्रदान गर्ने २ सय ५० डलरको ऊर्जा बोनस मार्फत आफ्नो बिलमा सहयोग पुर्‍याउदैछन् ।

राज्यकी ऊर्जा मन्त्री लिलि डियमब्रोसियाले कारको स्वामित्व भएका आप्रवासिहरुलाई ऊर्जामा २ सय ५० डलरको बोनस दिइरहेकी छन् ।

“हामीलाई थाहा छ,धेरै भिक्टोरीयनहरुले यो समयमा कठिन काम गरेका छन् ।

प्रत्येक तिन मध्ये एक परिवारका करिब नौ लाख भिक्टोरीयनहरुले यसको फाइदा लिन सक्ने छन् ।” ऊर्जा मन्त्री भनिन् ।
A file image of Victorian Environment Minister Lily D'Ambrosio.
Victorian Environment Minister Lily D'Ambrosio has unveiled a $37 m package to tackle recycling. (AAP) Source: AAP
सेन्ट लेन्सका परोपकारी संस्था च्यारीटी ब्रदरहुडका ड्यामिएन सुलिभान यो कदमको सराहना गर्दछन् ।

“ऊर्जा लागत कमजोर भिक्टोरीयन परिवारका लागि निकै चिन्ताको विषय हो, र यसलाई कम गर्ने सबै उपायहरूलाई हार्दिक स्वागत छ ।” उनले भने ।

यतिखेर अस्ट्रेलियामा नवीकरणीय ऊर्जाले बिजुलीको खपतको एक चौथाइ भार थेगिरहेको छ ।

सन् २०२० मा सौय एवम् हावाबाट निस्कने उजार्ले मुलुकको लागि सुखद सन्देश दिइरहेको छ ।

Share