सिड्नीको नदर्न बीचेस बाहिर कोरोना सङ्क्रमित भेटिएपछि सिड्नी बासिलाई “उच्च सतर्कता”मा रहन प्रिमियरको आग्रह

न्यु साउथ वेल्समा भेटिएका ६ नयाँ सङ्क्रमण मध्ये तिन सङ्क्रमण नदर्न बीचेस बाहिर भेटिएका छन् ।

NSW Premier Gladys Berejiklian looks on during a COVID-19 update press conference at St Leonards, Sydney, Saturday, December 26, 2020. (AAP Image/Dan Himbrechts) NO ARCHIVING

NSW Premier Gladys Berejiklian Source: AAP

न्यु साउथ वेल्समा हिजो राति आठ बजे सम्म सामुदायिक सङ्क्रमणका तिन नयाँ मामला फेला परेका छन् । यसका अलावा गए राति नै अन्य तिन व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ ।

उक्त अवधिमा १६ हजार मानिसहरूले कोरोनाको जाँच गराएको अधिकारीहरूले बताए ।

भेटिएका तिनै सङ्क्रमण नदर्न बीचेसको एभेलोन प्रकोप सँग जोडिएको बताइएको छ ।

हाल तिनै सङ्क्रमित आइसोलेसनमा रहेका छन् ।

उता हिजो राति ८ बजे पछि नदर्न बिचेस भन्दा बाहिर अन्य तिन नयाँ सङ्क्रमण भेटिएका छन् ।

भेटिएका सङ्क्रमित मध्ये एक जना वलङगन बासिन्दा रहेको बताइएको छ ।

उक्त सङ्क्रमित व्यक्तिले ग्रेटर सिड्नीको भ्रमण गरेको भए पनि नदर्न बिचेस भने नगएको बताइएको छ ।

अहिले नर्दन बिचेस बाहिर भेटिएका सङ्क्रमणहरूको अनुसन्धान चलिरहेको छ ।
हाल सम्म नर्दन बीचेसको प्रकोपमा १ सय २९ जनामा सङ्क्रमण भेटिएको छ ।

तर ग्रेटर सिड्नीमा पनि सङ्क्रमण फेला पर्न थालेपछि ग्रेटर सिड्नीमा पनि नर्दन बीचेसको जत्तिकै जोखिम बढेको प्रिमीयर ग्लेडिज बेरीजीक्लियनले बताइन् ।

“अन्य क्षेत्रमा बस्ने भए पनि लक्षण देखिए कृपया आएर जाँच गराउनुस् ।” उनले भनिन् ।

सङ्क्रमणको सङ्ख्या बढ्न थालेपछि राज्यभर चेतावनी जारी गरिएको उनले बताइन् ।
“म राज्य भरका सबैलाई उच्च सतर्क रहन आग्रह गदछु ” उनले भनिन् ।

राज्यकी स्वास्थ्य प्रमुख केरी च्यान्टले पनि सिड्नी बासीहरूलाई जाँच गराउनका लागि अनुरोध गरेकी छन् ।

“नर्दन बीचेस बाहिर फेला परेका तिन नयाँ केसका बारेमा अनुसन्धान गरिरहेका छौ ।” उनले भनिन् ।

नर्दन बीचेसको दक्षिणी क्षेत्रका मानिसहरूले जनवरी तिन देखि प्रतिबन्धमा केही राहत पाउने छन् भने नर्दन बीचेस कै उत्तरी भेगका मानिसहरूले प्रतिबन्ध खुकुलो हुन ९ जनवरी सम्म कुर्नु पर्नेछ ।

यसैबिच न्यु साउथ वेल्स राज्यमा जनवरी देखि हाल सम्म ४० लाख मानिसहरूले कोरोना जाँच गराएको न्यु साउथ वेल्स स्वास्थ्य प्रमुख केरी च्यान्टले जानकारी दिइन् ।



Share
Published 29 December 2020 12:27pm
Updated 29 December 2020 12:40pm
By SBS News
Presented by SBS Nepali
Source: SBS


Share this with family and friends