सन् २०२२ जल बाघको वर्ष: तपाईँको चिनियाँ राशि र फल!

बाघको वर्षको सुरुवात फेब्रुअरी १ मा हुन्छ। तर यसको मतलब के हो?

Illustration material of the silhouette of a bouncing tiger seen from the side. Background material with Japanese-style pattern of red and gold.

Illustration material of the silhouette of a bouncing tiger seen from the side. Background material with Japanese-style pattern of red and gold. Source: iStockphoto

चिनियाँ राशिफल अनुसार १२ वटा राशिहरू छन्, र प्रत्येक राशिलाई एउटा जनावरले प्रतिनिधित्व गर्छ। १२ वर्षको एउटा साइकल हुन्छ, हरेक वर्षलाई एउटा जनावरले प्रतिनिधित्व गर्दछ, जसका आ-आफ्नै विशेषताहरू हुन्छन्।  

सन् २०२२ को फेब्रुअरी १ मा सुरु भएको यस नयाँ वर्षले गोरुको वर्ष (यर अफ द अक्स)को अन्त्य गर्दै बाघको वर्षलाई निम्त्याएको छ। 

चिनियाँ राशिमा पर्ने जनावरहरू मध्य मुसा पहिलो हो, र यसलाई "बुद्धि"को प्रतीक मानिन्छ।

यस वर्षमा जन्मिने मानिसहरू (सन् २०२०, २००८, १९९६, १९८४, १९७२, १९६०, १९४८, र यस्तै १२ वर्षको अन्तरालमा) सृजनात्मक, श्रोत साधनहरूको उपयोग गर्ने र सङ्गठित हुन्छन् भनिन्छ। 

गोरुलाई लगनशीलताको प्रतीक मानिन्छ।

गोरु वर्षमा जन्मिनेहरू (सन् २०२१, २००९, १९९७, १९८५, १९७३, १९४९ र १९३७) बलियो, भरपर्दो र दृढ मानिन्छन्।

बाघ वीरताको प्रतीक हो।

बाघको वर्षमा जन्मिएकाहरू (सन् २०२२, २०१०, १९९८, १९८६, १९७४, १९६२, १९५० र १९३८) स्वतन्त्रताको कदर गर्ने र न्यायलाई महत्त्व दिने हुन्छन् भन्ने मान्यता छ। 

खरायोलाई विवेकको प्रतीक मानिन्छ।

यस राशि भएका मानिसहरू (जन्म २०११, १९९९, १९८७, १९७५, १९६३, १९५१ र १९३९) विचारशील र दयालु स्वभावका हुने मान्यता छ। 

ड्र्यागनलाई शक्तिको प्रतीक मानिन्छ।

यस वर्षमा जन्मिने मानिसहरू (सन् २०१२, २०००, १९८८, १९७६, १९६४, १९५२ र १९४०) अरूसँग मिलेर काम गर्ने र धेरै सोच्ने प्रवृत्तिका हुने भनिन्छ। 

सर्पलाई लचिलोपनको प्रतीक मानिन्छ।

यस वर्षमा जन्मिने मानिसहरू (सन् २०१३, २००१, १९८९, १९७७, १९६५, १९५३ र १९४१) अरूबाट टाढिने किसिममा देखिन सक्छन् तर छिटो सोच्ने र निर्णय लिन सक्ने स्वभावका हुने मान्यता छ। 

घोडालाई दृढताको प्रतीक मानिन्छ।

यस वर्षमा जन्मिएका मानिसहरू (सन् २०१४, २००२, १९९०, १९७८, १९६६, १९५४ र १९४२) छिटो रिसाउने हुन सक्ने र भावनात्मक रूपमा अस्थिर हुन सक्ने बताइन्छ। 

बाख्रालाई शान्तिको प्रतीक मानिन्छ।

यस वर्षमा जन्मिएका मानिसहरू (सन् २०१५, २००३, १९९१, १९७९, १९६७, १९५५ र १९४३) प्रायः उदार र मिलनसार हुने मानिन्छ। 

बाँदरलाई बुद्धिको प्रतीक मानिन्छ।

यस राशि भएका मानिसहरू (सन् २०१६, २००४, १९९२, १९८०, १९६८, १९५६ र १९४४) जिज्ञासु स्वभावका भएतापनि कहिलेकाहीँ अहङ्कारी र आफ्नो बारेमा मात्र सोच्ने हुन सक्ने मान्यता छ। 

भालेलाई स्थिरताको प्रतीक मानिन्छ।

यस राशि भएका मानिसहरू (सन् २०१७, २००५, १९९३, १९८१, १९६९, १९५७ र १९४५) कडा मिहिनेत गर्ने र साथसाथै आफ्नो स्वतन्त्रताको पनि कदर गर्ने किसिमका हुन्छन् भनिन्छ। 

कुकुरलाई वफादार या इमानदारको प्रतीक मानिन्छ।

यस वर्षमा जन्मिएका मानिसहरू (सन् २०१८, २००६, १९९४,  १९८२,१९७०, १९५८ र १९४६) आफ्नो वरिपरि चनाखो भई ध्यान दिने र भरपर्दो हुने बताइन्छ। 

सुँगुरलाई मित्रताको प्रतीक मानिन्छ।

यस राशिका मानिसहरू (सन् २०१९, २००७, १९९५, १९८३, १९७१, १९५९ र १९४७) भौतिक सरसामानहरूलाई बढी महत्त्व दिने तर पैसाको मामिलामा जिम्मेवार नहुने प्रवृत्तिका हुने मान्यता छ। 

लुनार पात्रोको अनुसार चिनियाँ नयाँ वर्ष जनवरी या फेब्रुअरी महिनामा सुरु हुने गरेको छ।

त्यसैले तपाईँ जनवरी या फेब्रुअरी भन्दा अघि जन्मिनु भएको खण्डमा त्यसभन्दा अघिल्लो सालको राशिमा पर्नु हुन्छ। 

फेंग शुईका मास्टर र सल्लाहकार, एड्गर लोक टिन यंगले चिनियाँ ज्योतिषशास्त्रका जटिलताका बारेमा थप जानकारी थिए।
Feng Shui Master and consultant Edgar Lok Tin Yung.
Feng Shui Master and consultant Edgar Lok Tin Yung. Source: Supplied
एसबीएस भोइसेसकी जोइ भिक्टोरियाले आफू बाघ वर्षमा जन्मिएको हुनाले, र जन्मिएको वर्षमा मानिसहरूलाई दुर्भाग्य हुन्छ भन्ने विश्वासको बारेमा लोक टिनलाई सोधेकी छिन्। 

आफू जन्मिएको वर्षलाई चिनियाँ भाषामा बेन्मिंगनियन भनिन्छ। उक्त वर्षमा दुर्भाग्य हुन्छ भन्ने अन्धविश्वासले त्यस वर्षको राशिको तत्त्व लाई भने समावेश गर्दैन। 

चिनियाँ ज्योतिष शास्त्रमा विभिन्न तत्त्वहरू हुन्छन् - पानी, काठ, आगो, पृथ्वी र घाटु," लोक टिनले बताए। 

भिक्टोरियाको तत्त्व पृथ्वी हो। लोक टिन भन्छन् कि पृथ्वी तत्त्व र २०२२ बाघ वर्षको अन्तरक्रियाका कारण यस वर्ष भिक्टोरियाको धेरै काम पछि राम्रो धन कमाउने योग छ। 

बाघ वर्ष बेन्मिंगनियन रहेका मानिसहरूको आउँदो वर्ष व्यस्त हुने बताइन्छ। तर व्यस्तता पछि इनाम फलदायी हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ व्यक्तिको तत्त्वमा भर पर्ने टिनले बताए।
लुनार नयाँ वर्षबारे विस्तृत जानकारी यस रिपोर्टमा उपलब्ध छ: लुनार नयाँ वर्ष भनेको के हो र यो कसरी मनाइन्छ? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यस वर्षमा जन्मिएकाहरूले मात्र आउँदो वर्षको बारेमा ध्यान दिनु पर्ने भने होइन। टिन बताउँछन् कि, बाघ, बाँदर, सर्प र सुँगुर मिलेर "यात्रा गर्ने तारा" बनाउने हुनाले यी सबै जनावर राशिहरूको एक अर्कासँग संयुक्त सम्बन्ध छ।

यी अरू तीन जनावर वर्षमा जन्मिएकाहरूलाई पनि बाघ वर्षले प्रभाव पार्दछ। विशेष गरी, बाँदर बाघको उल्टो दिशामा भएको हुनाले यी दुईबिच प्रत्यक्ष प्रभाव हुन्छ, र बाँदर वर्षमा जन्मिएकाहरूले आउँदो वर्ष परिवर्तनको लागि तयार हुनु पर्छ। 

जुनसुकै राशि भएतापनि बाघ वर्षले यात्रामा भने परिवर्तन ल्याउने टिनले बताए। 

"अगस्ट भनेको बाँदर महिना हो। त्यस समयमा बाँदर र बाघ दुवैको शक्ति चरम हुन्छ त्यसैले यात्रा गर्ने लक्षण निकै बलियो देखिन्छ," उनले भने। "मेरो अनुमान छ कि जुलाई/अगस्ट तिर धेरै यात्रा हुने छ।" 

२०२२ बाघ वर्ष पानी तत्त्वसँग मेल खान्छ र उक्त पानी डरसँग सम्बन्धित भएको हुनाले वर्षको मध्यसम्म यात्रा नहुने उनको भनाइ छ। 

यात्रा सुरु भए पछि खुसी छाउने उनले बताए। "बाघ भनेको आगोको जन्मस्थान हो। आगो हर्ष र खुसीको तत्त्व हो त्यसैले अर्को वर्षदेखि खुसी सुरु हुन्छ," उनले भने।
12 Chinese zodiac animals
12 Chinese zodiac animals Source: ChinesHighlights
लोक टिन बताउँछन् कि चिनियाँ ज्योतिषीमा तीन तहका सौभाग्य हुन्छन् - स्वर्गीय सौभाग्य, पार्थिव सौभाग्य र मानवीय सौभाग्य। 

"स्वर्गलाई हामीले नियन्त्रण गर्न सक्दैनौँ," उनी भन्छन्। पार्थिव सौभाग्य हामी केही हदसम्म - वातावरण र फेंग शुइ सिद्धान्तहरूसँग - नियन्त्रण हुन सक्छ। 

मानवीय भाग्यमाथि हाम्रा व्यवहार र हामीले आफ्नो कसरी हेरचाह गर्छौँ - त्यसले नियन्त्रण गर्न सकिने उनले बताए। 

सन् २००४ मा जन्मिएका बाँदरहरू अब १८ वर्ष हुने भएकाले उनीहरूले वयस्क अवस्थामा आउँदा ध्यान दिनु पर्छ," उनले भने। 

लुनार नयाँ वर्ष मान्ने र यस वर्षलाई फलदायी बनाउन चाहने मानिसहरूका लागि टिनको एउटा सल्लाह रहेको छ - एउटा योजना बनाउनुहोस्। 

"एक चिनियाँ उखान छ, 'पूरा वर्षको योजना वसन्त ऋतुमा बन्दछ'," उनले भने। 

"आफूले हासिल गर्न चाहेका कुराहरूको बारेमा लेख्न सक्नु हुन्छ - ती पाए पनि, नपाए पनि - केही निश्चित कुरातिर ध्यान दिन तपाईँलाई मद्दत हुन्छ।

Share
Published 3 February 2022 12:13pm
Updated 8 February 2022 12:00pm
By Zoe Victoria
Presented by SBS Nepali
Source: SBS


Share this with family and friends