Explainer

अस्ट्रेलियामा बसोबास: सङ्घीय निर्वाचनमा भोट कसरी हाल्ने

चुनावका दिन अस्ट्रेलियाको निर्वाचन आयोगले देशभरका आफ्ना मतदान केन्द्रहरूमा प्रत्येक घण्टा दशौँ लाख मतदाताहरूका आउने अपेक्षा गरेको छ। मतदाता नामावलीमा रहेका प्रत्येक मानिसका लागि मतदान प्रक्रियामा सहभागी हुनु अनिवार्य छ।


प्रमुख विषय:

  • निर्वाचन आयोगले मतदान क्षेत्र र केन्द्र पत्ता लगाउन अनलाइन मार्फत जानकारी दिने व्यवस्था गरेको छ।
  • चुनाव अघि र चुनावका दिनमा भोट हाल्नका लागि विकल्पहरू उपलब्ध छन्।
  • मतदाता जानकारी धेरै भाषामा उपलब्ध छ।
  • तपाईँको मद्दतका लागि टेलिफोन दोभासेको पनि व्यवस्था गरिएको छ।


अस्ट्रेलियामा निर्वाचन प्रणाली व्यवस्थापन गर्ने स्वतन्त्र निकाय छ।

अस्ट्रेलियाको निर्वाचन आयोगले (एइसी) प्रत्येक योग्य नागरिकलाई हाम्रो सङ्घीय सरकारलाई आकार दिन मद्दत गर्ने मौकालाई सुनिश्चित गर्दछ।

आफ्नो मतदान क्षेत्र कसरी पहिचान गर्ने ?


अस्ट्रेलियामा १५१ वटा चुनावी क्षेत्रहरू छुट्टाइएका छन्।

निर्वाचन आयोगले आफ्नो क्षेत्र पहिचानका लागि अनलाइन मार्फत जानकारी लिने व्यवस्था पनि गरेको छ।

यसका लागि  जानुहोस्।

तपाईँले १३ २३ २६ मा टेलिफोन मार्फत वा को पनि प्रयोग गर्न सक्नुहुन्छ।
Voting Centre
Voting Centre Source: AEC
मतदान स्थल पत्ता लगाउन के गर्ने ? 

निर्वाचन आयोगले विद्यालय, सामुदायिक केन्द्र, चर्च र अन्य स्थानहरूमा हजारौँ मतदान स्थलहरूको व्यवस्था गर्दछ।

“तपाईँले आफू बस्ने सर्वब र पोष्टकोड हालेपछि, तपाईँका क्षेत्रका उम्मेदवार को हुन् र कहाँ गएर भोट हाल्ने बारेमा पत्ता लगाउन सक्नुहुन्छ।”

घुम्ती टोलीहरूले आवासीय हेरचाह, दुर्गम समुदायहरू, अस्पताल एवम् जेलहरूमा मतदाताहरूलाई सेवा दिनेछ।
रिपोर्ट सुन्नुहोस्। अस्ट्रेलियामा भोट कसरी हाल्ने?
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
 

आफ्नै भाषामा  मतदान गर्ने व्यवस्था 

हरू र निर्वाचन आयोगको वेबर्साइटमा धेरै निर्देशन एवम् जानकारीहरू उपलब्ध रहेका छन्।

मतदान गर्नका लागि सहयोगी लान सक्ने व्यवस्था पनि गरिएको छ।  

तपाईँको भाषामा मतदान गर्न मद्दत गर्न टेलिफोन दोभासे सेवा पनि उपलब्ध छ।

प्रारम्भिक मतदान केन्द्रहरू निर्वाचनको एक हप्ता अघिदेखि खुला रहन्छन्।

वैकल्पिक रूपमा, तपाईँले अनलाइन वा निर्वाचन आयोगलाई अनुरोध गरी पनिभोट खसाल्न सक्नुहुन्छ।
Remote Polling
Remote Polling Source: AEC
“कोभिड–१९ लाई ध्यानमा राख्दै यो वर्ष भोट खसाल्ने विकल्पहरु दिइएको छ ,” निर्वाचन आयोगकी प्रवक्ता जेस लिली भन्छिन्।

“मतदान स्थलमा जान सहज महसुस नगर्ने, टाढा बस्ने वा काम गर्ने र हुलाक मतदान सेवाहरू पहुँच गर्न आवश्यक पर्ने मानिसहरूका लागि विकल्प उपलब्ध गराउँछौं,” उनले भनिन्।

कोभिड–१९ का कारण आइसोलेसनमा रहेकाहरूले टेलिफोन मार्फत पनि भाेट खसाल्न सक्छन्।

अन्तर राज्य र विदेशबाट मतदान

निर्वाचनका बेला अन्य राज्यमा हुनुहुन्छ भने हुलाक मार्फत वा अन्तर राज्य मतदान केन्द्रमा पुगेर पनि भोट हाल्न सक्नुहुन्छ।

विदेशमा हुनुहुन्छ भने पनि मतदानमा सहभागी हुन सक्नुहुन्छ र त्यसका लागी निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध छन्।

निर्वाचन आयोगले तपाईँको व्यक्तिगत परिस्थिति अनुसार विकल्पहरू उपलब्ध गराएको छ ।

यसका अलावा विदेशमा रहेका केही अस्ट्रेलियाली हाईकमीशन भनिने उच्चायोगमा पनि मतदान केन्द्रहरू उपलब्ध गराइन्छन्।

सूचना वितरण

दलहरू र स्वतन्त्र उम्मेदवारहरूले प्रायः मतदान केन्द्रमा रहेर मतदान सम्बन्धी जानकारीहरू वितरण गर्दछन्।

तर उनीहरूको बहकाउमा नपर्न निर्वाचन विश्लेषक विलियम बावी सम्झाउँछन्।

आफ्नो मत जाहेर गर्न

निर्वाचनमा सहभागी हुँदा तपाईँले एउटा हरियो रङ्ग र अर्को एउटा सेतो रङ्गको मतपत्र पाउनु हुनेछ।
Ballot Paper
Ballot paper Source: AEC
हरियो रङ्गको मतपत्र

हरियो रङ्गको मतपत्र भनेको ससंदको तल्लो सदन अर्थात् प्रतिनिधिसभामा सहभागी हुन तपाईँको मतदाता मध्ये एक जना उम्मेदवारलाई भोट दिनु हो।

प्रतिनिधिसभामा हाल मतदाताको प्रतिनिधित्व गदै १ सय ५१ सिट छन्।

“सामान्यतया चुनाव भनेको जनताले राष्ट्रिय नेता (प्रधानमन्त्री) छान्ने भन्ने सोच्दछन्, प्रधानमन्त्री बढी सिट जित्ने दलको नेता हुनेछ, त्यसैले त्यस नेतालाई प्रत्यक्ष छान्नलाई तपाईँले भोट हाल्ने होइन,” बोवे भन्छन्।

हरियो मतपत्रमा भोट गर्न तपाईँले आफ्नो मन पर्ने उम्मेदवारको छेउमा १ नम्बर लेख्नु पर्ने हुन्छ, आफ्नो दोस्रो रोजाइको

छेउमा २ नम्बर लेख्नु पर्ने हुन्छ, र त्यहाँ भएका सबै बक्सहरूमा नम्बर दिनु पर्ने हुन्छ।

सेतो मतपत्र

सेतो मतपत्रले माथिल्लो सदन सिनेटका लागि ७६ सिट सङ्ख्या मध्ये एक सिटका लागि निर्वाचन गर्ने गर्दछ।

तपाईँले आफ्नो राज्य वा टेरीटरीबाट सिनेटर छान्नका लागि मत जाहेर गर्नुहुनेछ।

सिनेटका लागि तैयार पारिएको मतपत्र केही लामा लाग्न सक्दछन् किनकि त्यसमा तपाईँका राज्यका लागि उम्मेदवारी दिएका सबैको नाम समावेश हुन्छन्।

तर भोटीङ्ग भने सहज नै हुनसक्छ, यसका लागि तपाईँले दुई तरिका अपनाउन सक्नुहुन्छ, रेखा तल र माथि गरी दुई वटा बक्सहरू राखिएका हुन्छन्।

“रेखा माथि, प्रत्येक दलका लागि एउटा बक्सा राखिएको हुनेछ, भोट गर्न सबैभन्दा सजिलो भनेको आफूलाई मन पर्ने ६ वटा दललाई आफ्नो प्राथमिकता अनुसार १ देखि ६ सम्मको नम्बर दिनु हो,” बावी भन्छन्।

“यदि तपाई कुनै विशेष उम्मेदवारलाई भोट गर्न चाहनुहुन्छ भने चाही रेखा तलका रहेका कम्तीमा १२ बक्साहरूमा नम्बर दिनु पर्दछ।”

निर्वाचन आयोगका प्रवक्ता इभान एकिन–स्मिथ भन्छन् कि यदि तपाईँले मतदान गर्ने व्यक्तिलाई गन्तीबाट हटाइयो भने तपाईँको भोट तपाईँको अर्को प्राथमिकताले प्राप्त गर्दछ।
While queuing at your polling centre you might see a fundraising stall selling sausages in bread. This is fondly known as the ‘democracy sausage
While queuing at your polling centre you might see a fundraising stall selling sausages in bread. This is fondly known as the ‘democracy sausage Source: AAP Image/James Ross
अनौपचारिक मतदान

मतदान सम्बन्धी निर्देशनहरू सावधानीपूर्वक पालना  पर्दछ। यदि तपाईँको मतपत्र सही तरिकाले पुरा भएन भने, यो एक अनौपचारिक भोट बन्छ, र चुनावी परिणाममा गणना हुँदैन।

तपाईँले मतदान नगरे के हुन्छ?

सबै अस्ट्रेलियाली नागरिकका लागि भोट हाल्नु अनिवार्य छ।

मतदानमा सहभागी हुन नसक्ने अवस्था भएको खण्डमा, यसका वैध कारणहरूको व्याख्या गर्ने अधिकार निर्वाचन आयोगको अधीनमा छन्।

जसले तपाईँको परिस्थितिका बारेमा मूल्याङ्कन गर्दछ, जस्तै कि विदेशमा रहेका केही मानिसहरू निर्वाचनमा सहभागी नहुन सक्छन् भन्ने बारेमा निर्वाचन आयोगले बुझ्न।

“यदि नामांकन भएका कसैले मतदान गर्दैन भने, उनीहरूलाई नन भोटरको नोटिस जारी गर्न सकिन्छ,” एकिन–स्मिथ व्याख्या गर्छन्।
“यदि तपाईँसँग वैध कारणहरू छन् भने ठिकै छ, ति बारे हामीलाई जानकारी गराउनुहोस्।'' ''अन्यथा तपाईँले २० डलर जरिवाना तिर्नु पर्ने हुनेछ, यदि हामीले प्रतिक्रिया प्राप्त गरेनौ भने तपाईँले १७० डलरको जरिवाना सहित अदालत जान पर्ने हुनेछ र अदालतको शुल्क समेत तपाई स्वयंले भर्नु पर्नेछ,” उनले भनिन्।
निर्वाचनका बारेमा भ्रामक सूचना दर्ता गर्ने

निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष सरकारी निकाय हाे, र अस्ट्रेलियाकाे निर्वाचन प्रक्रिया निकै चुस्त छ।

निर्वाचनको मुखमा फैलन सक्ने भ्रामक सूचना वा जानकारीका विषय बारे बुझ्न एक को व्यवस्था गरिएको छ।

मतदान कसरी गर्ने भन्ने जानकारीका लागि जानुहोस् अथवा १३ २३ २६ मा फोन गर्नुहोस्।


Share
Published 27 April 2022 1:16pm
Updated 4 May 2022 5:00pm
By Melissa Compagnoni


Share this with family and friends