एकै चोटि ३३ डिमेरिट पोइन्ट चट्!

भर्खरै समाप्त भएको एञ्ज्याक सप्ताहान्तमा न्यु साउथ वेल्स राज्यका एक ड्राइभरले ३३ डिमेरिट पोइन्ट पाएका छन्।

Traffic and Highway Patrol Command - NSW Police Force

Traffic and Highway Patrol Command. Source: NSW Police Force

२४ अक्टोबरदेखि ५ दिनसम्म न्यु साउथ वेल्स राज्य प्रहरीले सञ्चालन गरेको “अपरेसन गो स्लो” नामक सडक सुरक्षा अभियान अन्तर्गतको कारबाहीमा परेर ती ३८ वर्षीय मानिसले ३३ डिमेरिट पोइन्ट पाएका हुन्।

प्रहरीका अनुसार, गत शनिवार मध्यान्न तिर उनलाई एक अनियमित मादक पदार्थ सेवन परीक्षणका क्रममा दक्षिण पश्चिमी सिड्नी स्थित वूडबाईनमा रोकिएको थियो।

उनले हाँकेको भनिएको उक्त भ्यान रोकेर हेर्दा प्रहरीले एक ११ वर्षीया बालिका तथा एक तीन वर्षीय बालक भेट्यो।

ती बालिका भ्यानको पछिल्लो भागमा कुनै सुरक्षा बिना भेटिएकी थिइन् भने अर्का बालकले पनि न कुनै सिट बेल्ट लगाएका थिए न त स्वीकृती प्राप्त बेबी सिटमा नै थिए।

प्रहरीका अनुसार थप अनुसन्धानका क्रममा उक्त भ्यानको भुइँमा कम्बल मुनि कथित रूपमा थप तीन बाल-बालिकाहरू भेटिएका थिए।

उनलाई तत्काल ३३ डिमेरिट पोइन्ट दिइएको थियो।
त्यसै गरी, उत्तरी न्यु साउथ वेल्स राज्य स्थित मोरीमा पनि एक ३१ वर्षीया महिलालाई २४ डिमेरिट पोइन्ट दिइएको छ।

उनले पनि कथित रूपमा चार जना बालबालिकाहरूलाई सिट बेल्ट नलगाइदिकनै गाडी चलाएकी थिइन्।
A police officer monitors traffic with radar at the launch of the nation wide police campaign RAID in Canberra, Friday, Nov 21, 2008. RAID (Remove All Impaired Drivers) is aimed at detecting and removing all alcohol and/or drug affected drivers from the n
Source: AAP
अनि, रिभेरिना क्षेत्रमा पर्ने टम्ब्लङ्ग नजिकै एक २४ वर्षीय पुरुषले शनिवार राति, २१३ किलोमिटर प्रतिघण्टाको गतिमा गाडी हुङ्क्याएको पाएपछि प्रहरीले उनको सवारी चालक अनुमति पत्र ६ महिनाका लागि निलम्बित गरिदिएको बताएको छ।

सहायक प्रहरी आयुक्त माइकल कोर्बीका अनुसार केही मानिसहरूले आफ्नो गैर जिम्मेदारीपूर्वक रवैयाका कारण अन्य सडक प्रयोगकर्ताहरूको जीवनलाई धरापमा पार्ने गरेको बताउँदै आफू मातहतका प्रहरी त्यस्ता लापरबाहीलाई कम गर्न अझै कटिबद्ध रहेको जनाएका छन्।

“वास्तविकता के हो भने, यस्ता मानिसहरूले आफू र आफ्नो सवारीसाधनमा रहेका व्यक्तिहरूको मात्र नभई अन्य सडक प्रयोगकर्ताको पनि जीवनलाई खतरामा पारिरहेका छन्,” उनले एक विज्ञप्ति मार्फत भने।
Double demerit points
Double demerit points Source: AAP
डबल डिमेरिट पोइन्ट दिने भनी व्यापक प्रचार प्रसार गरिएको बताइएतापनि मानिसहरुमा यसले कुनै प्रभाव पार्न नसकेको देखिएको छ।

“अपरेसन गो स्लो” अभियान अवधिभर ५,५९९ मानिसहरूलाई ट्राफिक नियम तोडेको आरोप लगाइएको छ भने ३,६३९ मानिसहरूलाई तोकिएको गति भन्दा बढी गतिमा सवारी चलाएको अवस्थामा प्रहरीले पुर्जी काटेको छ।

त्यसै गरी उक्त ५ दिनमा न्यु साउथ वेल्स राज्यमा मात्र ६ डर लाग्दा सवारी दुर्घटना भएको पनि प्रहरीले बताएको छ भने १३५ जनालाई मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोप लागाइएको छ।


Share
Published 29 April 2019 4:58pm
Updated 7 May 2019 1:48pm


Share this with family and friends