लकडाउनबाट प्रभावित सिड्नी निवासी र व्यवसायहरुका लागि सरकारी आर्थिक सहयोग

बेरिजिक्लियन सरकारको सिड्नी लगायत न्यु साउथ वेल्सका केही स्थानहरू लकडाउन गर्ने निर्णय पछि आर्थिक मारमा परेका कामदारहरू तथा व्यवसायहरूका लागि आर्थिक सहयोगको पनि घोषणा भएको छ।

NSW Treasurer Dominic Perrottet talks to the media during a COVID-19 update in Sydney, Tuesday, June 29, 2021. (AAP Image/Mick Tsikas) NO ARCHIVING

NSW Treasurer Dominic Perrottet talks to the media during a COVID-19 update in Sydney, Tuesday, June 29, 2021. Source: AAP

न्यु साउथ वेल्सका ट्रेजरर डोमिनिक पेर्रोटेटले साना व्यापारीहरूका लागि सहायता प्याकेज घोषणा गरेका हुन्।

मङ्गलवार बिहान घोषणा गरिएको उक्त सहायता प्याकेज अन्तर्गत साना व्यवसायहरूले ५,००० देखि १०,००० डलरसम्मको अनुदान प्राप्त गर्नेछन्।

साना व्यापार-व्यवसायहरूले प्रतिबन्धहरू लागू रहेका बखत आफ्नो कारोबारमा आएको ह्रासको अनुपातमा राज्य सरकारबाट सहयोग प्राप्त गर्नेछन् जस अनुसार ७० प्रतिशत गिरावट भोग्नेले १०,००० डलर; ५० प्रतिशतको कमी अनुभव गर्नेले ७,००० डलर र ३० प्रतिशत ह्रास भोग्नेले ५,००० डलर पाउने बताइएको हो। 

साथै, तलब भत्ता सम्बन्धी पेरोल कर केही समयको लागि स्थगन भएको पेर्रोटेटले बताए।

न्यु साउथ वेल्सको ट्रेजररीले लकडाउनका कारण राज्यको आर्थिक गतिविधिमा ठुलो धक्का पुग्ने पूर्वानुमान गर्दै गर्दा पछिल्लो सरकारी सहायता प्याकेज बारे घोषणा भएको हो।

यो नयाँ आर्थिक सहायतासँगै डाइन एन्ड डिस्कभर कार्यक्रमलाई पनि आगामी अगस्ट ३१ तारिखसम्मका लागि लम्ब्याइएको छ भने मानिसहरूले उक्त कार्यक्रम अन्तर्गतको भाउचरलाई टेक-अवेका वा पिक-अपका लागि पनि प्रयोग गर्न सक्नेछन्।
राज्यका डेपुटी प्रिमियर जन बरिलारोका अनुसार नयाँ घोषणा गरिएका अनुदानहरू न्यु साउथ वेल्सभरका साना व्यापार तथा व्यवसायहरूका साथै एकल कारोबार गर्ने व्यक्ति, गैर नाफामूलक संस्थाहरू पनि योग्य हुनेछन्।

त्यसै गरी विद्यालयहरूको बिदाका समयमा हस्पिट्यालिटी तथा पर्यटकीय सेवा सञ्चालकहरूलाई पनि परेको कठिनाइका कारण ती उद्योगका सेवा प्रदायकहरूले समेत उक्त सरकारी सहयोगका लागि आवेदन हाल्न सक्ने बताइएको छ।

प्रिमियर ग्लाडिस बेरिजिक्लियन भन्छिन् कि आफ्नो आर्थिक स्थितिलाई लिएर कसैले पनि तनाव महसुस गर्नुपर्दैन।
"कसैलाई पनि आफ्नो वित्तीय अवस्थाको कारण कुनै पनि नियम तोड्न तनाव वा दबाब महसुस गर्नुपर्दैन," उनले भनिन्।

कोरोनाभाइरसको पछिल्लो लहरबाट सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या बढ्दै जाँदा डेल्टा भेरिएन्टको नियन्त्रण तथा रोकथामका लागि भन्दै राज्य सरकारले गत साता न्यु साउथ वेल्सका केही स्थानहरूमा दुई साताका लागि लकडाउन घोषणा गरेको थियो।
५०० डलरसम्मको कोभिड विपद् भुक्तानी
न्यु साउथ वेल्समा लकडाउन घोषणा भएपछि सङ्घीय सरकारले पनि ५०० डलरसम्मको कोभिड-१९ विपद् भुक्तानीको व्यवस्था गरेको छ।

जुलाई १ तारिकबाट लागू हुने उक्त भुक्तानी लकडाउनका कारण रोजगारीबाट हुने आम्दानी गुमाएका १७ वर्ष माथिका व्यक्तिहरूका लागि हो। 
अस्ट्रेलियाली नागरिक, स्थायी बासिन्दा, प्रोटेक्टेड स्पेसल क्याटोगरी भिसा वा एससीभी धारकहरूका साथै सबक्लास ४९१ र ४९४ मा रहेका दक्ष कामदारहरू पनि यस भुक्तानीका लागि योग्य हुन सक्नेछन्।
सिटी अफ सिड्नी, वेभर्ली, र्‌यान्डविक, क्यानडा बे, इनर वेस्ट, बेसाइड र वूलाहाराका बासिन्दाहरू ५०० डलरसम्मको कोभिड विपद् भुक्तानी जुलाई १ तारिकबाट योग्य हुने भएता पनि बृहत् सिड्नीका अन्य स्थानमा बस्ने मानिसहरूले भने जुलाई ४ तारिकसम्म कुर्नुपर्ने छ।

मोरिसन सरकारको कोभिड विपद् भुक्तानी कार्यक्रम अन्तर्गत प्रति सप्ताह २० घण्टाभन्दा बढी समय रोजगारीबाट विमुख हुनुपरेका मानिसहरूले ५०० डलर पाउनेछन् भने २० घण्टाभन्दा कम अवधिको काम गुमाएकाले जनही ३२५ डलर प्राप्त गर्नेछन्।

यसका साथै, सङ्घीय सरकारद्वारा प्रदान गरिन उक्त भुक्तानीका लागि योग्य ठहर हुन, आवेदकहरूसँग १०,००० डलर भन्दा बढी तरल पुँजी हुनुहुँदैन।

योग्यता बारे थप जानकारीका लागि सर्भिसेज अस्ट्रेलियाको 


Share
Published 29 June 2021 5:52pm
Updated 29 June 2021 6:07pm
By SBS Nepali
Source: SBS


Share this with family and friends