सङ्घीय सरकारद्वारा देश बाहिर जान र १०० जनाभन्दा बढी एकसाथ जम्मा हुन प्रतिबन्ध

प्रधानमन्त्री स्कट मरिसनले एकैसाथ १०० जना भन्दा बढी एकै छाना मुनि भेला हुन र अस्ट्रेलियालीहरूलाई विदेश भ्रमणमा जान प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्।

हाल जारी कोरोनाभाइरस प्रकोपलाई फैलनबाट रोक्ने मनसायका साथ अस्ट्रेलियाली सरकारले सबै अस्ट्रेलियालीहरूलाई विदेश भ्रमणमा नजान समेत आदेश जारी गरेको छ।

“विदेश भ्रमणमा नजानुहोस्। यो निर्देशन एकदमै स्पष्ट छ। जो स्कुल बिदामा छुट्टी मनाउन विदेश जाने सोचमा छन्, नजानुहोस्। विदेश नजानुहोस्,” प्रधानमन्त्री स्कट मरिसनले बुधवार बिहान क्यानबेरामा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भने।
उनका अनुसार अस्ट्रेलियाको इतिहासमा नै पहिलो पटक यस प्रकारको प्रतिबन्ध लगाइएको हो।

१०० जना भन्दा बढी भेला हुन नपाइने भनिएता पनि हाललाई उक्त आदेश स्कुल, सार्वजनिक यातायात एवं चिकित्सकीय एवं स्वास्थ्य जस्ता अत्यावश्यक सेवा उपलब्ध गराउने कार्यस्थलहरू माथि लागू हुने छैनन्।

उपरोक्त स्थानहरूमा अस्ट्रेलियालीहरूलाई सामाजिक दुरीको अभ्यास गर्न भनिएको छ जसमा तपाईँ अर्को व्यक्ति भन्दा कम्तीमा पनि १.५ मिटर पर हुनुपर्छ।
स्कूले बालबालिकाहरू कोरोनाभाइरसबाट कम पीडित हुने भएकाले हाललाई विद्यालयहरू यथावत् सञ्चालन हुने पनि प्रधानमन्त्री मरिसनको भनाइ छ।

तर, यदि बालबालिकाहरूले बिसन्चो महसुस गरिरहेको भए उनीहरूलाई स्कुल नपठाउन पनि उनले अभिभावकहरूलाई आग्रह गरेका छन्।

मरिसनका अनुसार सरकारले कोरोनाभाइरस महामारी आगामी ६ महिनासम्म जारी रहने प्रक्षेपण गरेको छ र सोही अनुरूपले सरकारी तयारी भइरहेको पनि उनले बताए।
The Federal Government has ordered Australians not to travel for the first time in the nation's history.
حکومت آسترالیا برای نخستین بار در تاریخ کشور به شهروندانش دستور داده به خارج سفر نکنند. Source: AAP
“हामी अस्ट्रेलियालाई चलायमान राख्ने छौँ। हामी अस्ट्रेलियालाई क्रियाशील राख्नेछौँ।”

“सामान्य रूपमा हेर्दा त्यस्तो नदेखिएला तर यो महत्त्वपूर्ण छ कि हामीले समयको माग अनुसार आफ्नो कदमहरू दिगो रूपमा चाल्नुपर्छ,” उनले भने।

“हामीले सामना गरिरहेका समस्याको उत्तर दुई हप्तामै पाउन सकिन्न। छोटो समयमै द्रुत रूपमा यसको उपाय निस्कने वाला छैन। दुई हप्ता सबै कुरा बन्द गरेर फेरी सुचारु हुँदा यी समस्याहरू आफसे आफ बिलाउँछन् भन्ने कुराको प्रमाण हामीसँग छैन। जारी समस्यासँग जुध्न यो हाम्रो तरिका पनि होइन।
कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको मा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।


Share
Published 18 March 2020 11:17am
Updated 22 March 2020 5:49pm


Share this with family and friends