भिक्टोरियामा विद्यार्थी लगायत अस्थायी भिसामा रहेकाहरूका लागि उपलब्ध आर्थिक सहायता कसरी लिने?

भिक्टोरियामा कोरोनाभाइरस परीक्षणको नतिजा नआए सम्म आफूलाई आइसोलेसनमा राख्नुपर्ने देखि कोरोनाभाइरस पुष्टि भएर, सङ्क्रमितहरूको प्रत्यक्ष सम्पर्कमा आएर वा सङ्क्रमितहरूको स्याहारमा संलग्न रहेकाहरू जसले आइसोलेसन वा क्वारेन्टिनमा बस्नुपरेको कारणले आफ्नो आय गुमाउँछन्, उनीहरूका लागि आर्थिक सहयोगका योजना लागु गरिएका छन्।

Students

Source: Asanka Ratnayake/Getty Images

कोरोनाभाइरसको सङ्क्रमणलाई फैलनबाट रोक्न भन्दै लागु गरिएका विभिन्न प्रतिवन्धहरुका साथ ठुलो सङ्ख्यामा मानिसहरू बेरोजगार भएको वा बिरामी भएको अवस्थामा पनि मानिसहरू काममा गएको बन्ने रिपोर्टहरूका माझ सङ्घीय र राज्य सरकार द्वारा विभिन्न प्रकारका आर्थिक सहायता प्याकेजहरू सुरु गरिएका छन्। के हुन् त ती सहयोग?

सङ्घीय सरकारको भिक्टोरिया सीमित महामारी बिदा प्रकोप भुक्तानी (प्यानडेमिक लीभ डिजास्टर पेमेन्ट) :

अगस्ट महिनाको पहिलो हप्तादेखि मोरिसन सरकारद्वारा लागु गरिएको उक्त भुक्तानी आफ्नो घरमै आइसोलेसन वा क्वारेन्टिनमा बस्नुपर्ने वा कोभिड -१९ रहेको व्यक्तिको स्याहारमा संलग्न मानिसहरू, जसले आफ्नो काममा नगए तलब पाउँदैनन्, उनीहरूलाई प्रदान गरिन्छ।
stimulus package
Treasurer Josh Frydenberg and Prime Minister Scott Morrison announced measures to curb the economic impact of coronavirus. Source: AAP

यो कसले पाउन सक्छ?

यो भुक्तानी प्राप्त गर्न, निम्न सबै लागू भएको हुनुपर्दछ:

  • तपाई कम्तीमा १७ वर्षको हुनुहुन्छ
  • तपाई भिक्टोरियामा बस्नुहुन्छ र
  • तपाईंले आफ्नो कामबाट कुनै आय कमाउनु भएको छैन, बिरामी बिदा अधिकार सहित।
साथै, यो भुक्तानीका लागि योग्य हुन तपाईँलाई भिक्टोरियाली स्वास्थ्य तथा मानव सेवा विभाग - डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेस् (डीएचएचएस)ले सेल्फ आइसोलेसन वा क्वारेन्टिनमा बस्न पनि भनिएको हुनुपर्छ र यसका लागि तपाईँलाई निम्न कारण मध्ये कुनै एक कारण दिइएको हुनु जरुरी छ:

  • तपाईँलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ
  • तपाईँ कोभिड-१९ सङ्क्रमण भएको कुनै व्यक्तिसँग निकट सम्पर्कमा हुनुहुन्थ्यो
  • तपाईँ १६ वर्ष वा सो भन्दा कम उमेरको बालबालिकाको लागि हेरचाह गर्नुहुन्छ, जसमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ
यदि तपाईंले एक भन्दा बढी पटक आफूलाई आइसोलेट गर्नुपरेको खण्डमा, तपाईँ यो भुक्तानी आइसोलेसनमा बसेको प्रत्येक पटक दाबी गर्न सक्नुहुनेछ।
Victoria has recorded 11 new cases of COVID-19
Victoria has recorded 11 new cases of COVID-19 Source: AAP

कसले यो पाउन गर्न सक्दैन?

चौथो चरणको प्रतिबन्धको कारण घरमा बस्नुको मतलब यो होइन कि तपाईँ यो भुक्तानीको लागि योग्य हुनुहुनेछ। यसलाई कसले प्राप्त गर्न सक्छ भन्ने बारे थप जान्न

तपाईंले यो भुक्तानी प्राप्त गर्न सक्नुहुन्न यदि तपाईंले पहिले नै यी प्राप्त गर्नुहुन्छ भने:

  • कुनै पनि किसिमको आय, वा तलबी कामबाट हुने कमाई
  • एबीस्टडी भत्ता, पेड पेरन्टलल लीभ वा बुबा र पार्टनर पे
  • जबकीपर भुक्तानी
  • भिक्टोरियन कोरोनाभाइरस (कोभिड-१९) वर्कर सपोर्ट पेमेन्ट

कसरी दाबी गर्ने

यो प्यानडेमिक लीभ डिजास्टर पेमेन्ट पाउन तपाईंले १८० २२ ६६ मा फोन गर्नुपर्छ।

भिक्टोरियाली समयानुसार यो फोन लाइन सोमबारदेखि शुक्रवार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहने बताइएको छ।

यस बारे थप बुझ्न

Image भिक्टोरियाली १,५०० डलरको कोरोनाभाइरस (कोभिड-१९) वर्कर सपोर्ट पेमेन्ट

१,५०० डलरको कोरोनाभाइरस (कोभिड-१९) कामदार सहायता भुक्तानी अब भिक्टोरियाको लागि सङ्घीय सरकारको "महामारी बिदा प्रकोप भुक्तानी भुक्तान मार्फत हुने गरी मिलाइएको छ। (यसको विवरणका लागि माथि हेर्नुहोस्)

कोरोनाभाइरस (कोभिड-१९) परीक्षण आइसोलेसन भुक्तानी

जुन उनीहरूलाई कोरोनाभाइरस (कोभिड-१९) परीक्षणको नतिजा कुर्दा काममा जान नमिल्ने हुँदा, काममा नगएको अवस्थामा कुनै कमाई नहुने भए तपाईंले भिक्टोरियाली कामदारहरूका लागि भनी घोषणा गरिएको ४५० डलरको कोरोनाभाइरस (कोभिड-१९) टेस्ट पेमेन्टका लागि आवेदन दिन सक्नुहुनेछ।

कस्तो अवस्थामा ४५० डलरको कोरोनाभाइरस (कोभिड-१९) टेस्ट पेमेन्टका लागि भइन्छ त?

यो भुक्तानी प्राप्त गर्न, निम्न सबै लागू भएको हुनुपर्दछ:

  • तपाई कम्तीमा १७ वर्षको हुनुहुन्छ
  • तपाई भिक्टोरियामा बस्नुहुन्छ
  • तपाईँ अरूको हेरचाह गर्नुहुन्छ, जसलाई परीक्षणका कारण आइसोलेसनमा बस्नुपर्ने भएको छ
  • तपाईंले आफ्नो कामबाट आइसोलेसनमा बसुन्जेल कुनै आय कमाउनु हुने छैन, बिरामी बिदा अधिकार सहित
  • जबकीपर र जबसीकर भुक्तानी प्राप्त गर्नु हुन्न

यो भुक्तानी पाउन के गर्नुपर्छ त?

भुक्तानीका लागि तपाईँ योग्य हुनुहुन्छ जस्तो लाग्छ भने, राज्य सरकारको वेबसाइट मार्फत कि त एउटा अनलाइन फाराम भर्नुपर्छ होइन भने कोरोनाभाइरस हटलाइन (१८०० ६७५ ३९८) मा फोन गर्नुपर्छ।

योग्यता जाहेर गर्न तपाईंले आफ्नो पे-स्लिप वा अधिकार प्राप्त मानिसको रोहवरमा काम गर्छु भन्ने खुलाउने वैधानिक घोषणा (स्टयाचुएरी डेक्लेरेसन) को प्रति र कोरोनाभाइरस परीक्षणको प्रमाण बुझाउनुपर्छ।
Renting is no longer cheaper than paying mortgage
Source: AAP

भिक्टोरियाली कोरोनाभाइरस घर भाडा छुट अनुदान

भिक्टरोरियाली सरकारले कोरोनाभाइरस (कोभिड-१९) रेन्ट रिलिफ ग्रान्ट भनेर घर भाडामा एक पटकका लागि २,००० डलरसम्मको अनुदान प्रदान गरिरहेको छ।

कोरोनाभाइरस (कोभिड-१९) का कारण आर्थिक कठिनाइमा परेकाहरू यस सेवाका लागि योग्य हुनेछन्।

राहत योजना अनुसार, योग्य भाडावालहरूले सहायता पाउन आफ्नो संशोधित घर बहाल सम्झौता (टेनेन्सी कन्ट्र्याक्ट) कन्ज्युमर अफेयर्स भनिने उपभोक्ता मामिला कार्यालयमा दर्ता गर्नुपर्नेछ वा घरधनी र भाडावाल बिच मध्यस्थता प्रक्रियाद्वारा अगाडी बढाउन सकिने छ। योग्य हुनका लागि तपाईँको घरमा बस्नेको कुल मासिक आय १,९०३ भन्दा कम हुनुका साथै बचतमा ५,००० डलर भन्दा कम रकम हुनुपर्नेछ र आफ्नो घर भाडाको कम्तीमा पनि ३० प्रतिशत तिर्दै गरेको हुनुपर्नेछ।

नागरिक वा पर्मानेन्ट रेजिडेन्ट हुनुपर्छ भन्ने छैन।

यो अनुदान रकम भाडावाललाई नभई घरधनी वा रियल स्टेट एजेन्टलाई सरकारले सोझै भुक्तानी गर्छ।

थप जानकारीका लागी‍
ASRC Jana Favero and a volunteer pack emergency relief food boxes
Source: SBS/Abby Dinham

रेडक्रसको आपत्कालीन राहत सहायता

केही विशेष परिस्थितिमा रेडक्रसले आपत्कालीन राहत सहायता उपलब्ध गराउँछ जसमा खाना, औषधि वा आश्रय जस्ता आधारभूत आवश्यकताहरू पर्दछन्।

जबसीकर, जबकीपर वा भिक्टोरियाली सरकारको अन्तर्राष्ट्रिय विद्यार्थी आकस्मिक कोषमा पहुँच नभएका मानिसहरूलाई रेडक्रसले सहायता उपलब्ध गराउँछ।

यो सहायता अति सङ्कटमा रहेका अस्थायी भिसामा रहेका मानिसहरू प्रति लक्षित छ। यसको थप जानकारी

यो सहायता कसले पाउँछन्?

अस्थायी भिसामा रहेर कुनै पनि सरकारी आर्थिक सहायता नपाउने, कुनै आय नभएका र थोरै बचत वा कुनै पनि बचत नभएका मानिसहरू रेडक्रसको आपत्कालीन राहत सहायताका लागि योग्य हुन्छन्।

कसरी आवेदन दिने?

यसका लागि सर्वप्रथम त तपाईँ आफ्नो अस्थायी भिसाको प्रमाण जुटाउनु पर्नेछ।

त्यसै गरी तपाईँका परिवारका सबै वयस्क सदस्यका सबै ब्याङ्क खाताको पछिल्लो तीन महिनाको विवरण रेडक्रसलाई बुझाउनु पर्नेछ।

आवेदन हाल्न
Jobseeker Jobkeeper Jobmaker Nepali Infographics
Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्:
88df8a89-2c04-41a7-baa8-58337fe4219c
 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Share
Published 20 August 2020 10:03am
Updated 20 August 2020 5:27pm


Share this with family and friends