कोरोना सङ्कट: ३४ लाख बेरोजगार हुने प्रक्षेपण

कोरोनाभाइरस महामारीका कारण सृजना भएको आर्थिक सङ्कट गहिरिँदै जाँदा अस्ट्रेलिया ३४ लाख भन्दा बढी मानिसहरू बेरोजगार हुने बताइएको छ।

Unemployment

More young people on lower income could be jobless according to a recent findings Source: Getty Images

मेलबर्न स्थित ग्राटन इन्स्टिच्युटको एक पछिल्लो प्रतिवेदन अनुसार आगामी दिनहरूमा अस्ट्रेलियाबाट ३४ लाखभन्दा बढी रोजगारीका अवसरहरू हराउने छन्।

विशेष गरेर एक आपससँगै बसेर गर्ने कामहरू सामाजिक दुरी सम्बन्धी नियमका कारण प्रभावित भएको बखत ग्राटनको उक्त भनाई सार्वजनिक भएको हो।

ग्राटन इन्स्टिच्युटद्वारा गरिएको विश्लेषणका अनुसार, अहिले रोजगारी गुमाएका मानिसहरूको सङ्ख्या बढ्दै गएर आगामी दिनमा अस्ट्रेलियाभर १४ देखि २६ प्रतिशत मानिसहरूले आफ्नो काम गुमाउने छन्।

“यो भनेको १० देखि १५ प्रतिशतको बेरोजगारी दर हो जुन सन् १९९० यता हामीले भोग्ने सबैभन्दा बृहत् आर्थिक मन्दी हुनेछ र शायद सन् १९३० यताकै पनि,” उक्त अध्ययनका एक जना अधिकारी ब्रेण्डन कोट्सले भने।

अघिल्लो हप्ता मात्रै सङ्घीय ट्रेजरी विभागले अस्ट्रेलियाको बेरोजगारी दर जुन त्रैमासिक अवधिमा १० प्रतिशत पुग्ने पूर्वानुमान गरेको थियो।
सन् १९९४ यता अस्ट्रेलियाको बेरोजगारी दरले यसरी दोहोरो अङ्क छोएको थिएन।

“हाम्रो विश्लेषणमा अस्ट्रेलियाली रोजगारी बजारबाट पूर्ण रूपमा विच्छेद हुने मानिसहरूको सङ्ख्या पनि गणना गरिएको छ जबकि ट्रेजरीको आँकडामा जबकीपर कार्यक्रम अन्तर्गत आफ्नो जागिर जोगाइ राख्न सम्भव भएका मानिसहरूको समावेश भएका छन्,”आफ्नो रिपोर्ट र ट्रेजरीको प्रक्षेपणमा देखिएको भिन्नता बारे कोट्सले स्पष्ट पार्दै भने।

दुवै प्रक्षेपणमा खासै कुनै भिन्नता नभएको र तथ्याङ्क बारे हाल यसै भनेर ठोकुवा गर्न नमिल्ने पनि उनको धारणा छ।

ग्राटन इन्स्टिच्युटको “” नामक उक्त प्रतिवेदनले हस्पिट्यालिटी उद्योग सबैभन्दा बढी प्रभावित हुँदै त्यस क्षेत्रका करिब ६० प्रतिशत रोजगारीका अवसरहरू हराउने बताएको छ।

यसै गरी, कला र मनोरञ्जन उद्योगले पनि भारी सङ्कटको सामना गर्दै करिब ५० प्रतिशत भन्दा बढी कामदारहरूलाई रोजगारीमा राखी राख्न नसक्ने उक्त रिपोर्टले देखाएको छ।

कोट्सले भने कि महामारीका कारण उत्पन्न प्रतिक्रियाका प्रभावहरू समान रूपमा महसुस हुने छैन, धेरै उच्च तलब भएका कामहरू कार्यालय भन्दा टाढैबाट, वा घरबाट सम्पन्न गर्न सकिने छन्।
 Wednesday's data from the Australian Bureau of Statistics (ABS) showed the wage price index rose 0.5% in the three months ended March, unchanged from the December quarter.
Source: AAP
तर, ज्यालादारी एवं कम तलबमा गरिने धेरैजसो कामहरू कार्यस्थल मै पुगेर एक अर्काको सामीप्यमा सम्पन्न गरिनुपर्ने किसिमका भएका कारण पनि त्यसता रोजगारीमा रहेका मानिसहरू अबका दिनहरूमा झन् बेरोजगार हुने डर व्याप्त रहेको पनि ब्रेण्डन कोट्सले बताए।

उनका अनुसार आफ्नो जीवनको दोस्रो दशकमा रहेका करिब ३० प्रतिशत मानिसहरूले रोजगारी गुमाउने छन् भने ४० औँ वसन्त पार गरेकाहरूको हकमा भने यो लगभग २५ प्रतिशतको हाराहारीमा हुनेछ।

“हामीले अहिले सम्पूर्ण अस्ट्रेलियालीहरूलाई कोभिड-१९ बाट जोगाउन एककृत प्रयास गरिरहेका छौँ तर यसबाट उत्पन्न आर्थिक सङ्कटले भने युवा अवस्थाका अस्ट्रेलियालीहरू र निम्न आयमा रहेकाहरूलाई बढी नै प्रभावित गर्नेछ।”
The Victorian Government supports young and culturally diverse jobseekers
प्रतिवेदनले हस्पिट्यालिटी उद्योग सबैभन्दा बढी प्रभावित हुँदै त्यस क्षेत्रका करिब ६० प्रतिशत रोजगारीका अवसरहरू हराउने बताएको छ। Source: AAP
प्रतिवेदनले अनिवार्य रूपमा बन्द गर्न भनिएका कार्यस्थलहरू एवम् सामाजिक दुरीका नियमहरू पालना गर्दा गुमेका वा अब गुम्ने रोजगारीका अवसरहरूमा मात्र केन्द्रित रहँदा मात्रै पनि बेरोजगारी दर माथि उल्लेखित अनुसार भएकोमा पनि जोड दिएको छ।

“अब दोस्रो चरणको प्रभाव त झनै कडा हुने देखिएको छ विशेष गरेर यो अन्योल कायमै रह्यो भने,” कोट्सले अगाडी भने।

अर्थतन्त्र द्रुत रूपमा पुरानै अवस्थामा फर्किन नसक्ने बताउँदै उनले सरकारले मानिसहरूलाई चाहिएको सहयोग उपलब्ध गराउन तयारी अवस्थामा बस्नुपर्ने पनि बताइएको छ।

ती परिवारहरू र व्यवसायहरू जो सामाजिक दुरीबाट सोझो रूपमा प्रभावित भएका छैनन् … उनीहरूले कम लगानी र खर्च गर्नेछन्, किनभने उनीहरूले पनि व्यवसाय कम हुनेछ र त्यसको प्रत्यक्ष असरका कारण, दोस्रो चरणमा थप मानिसहरू प्रभावित हुनसक्ने छन्।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि  जानुहोस्।
e968806e-f4c6-4c94-be3c-371e46b231f8

 


Share
Published 20 April 2020 10:32am
Updated 20 April 2020 10:56am


Share this with family and friends