कोरोनाभाइरसको खोप आउन अझ एक वर्ष लाग्ने

कोरोनाभाइरस महामारी विरुद्ध लड्न गठित एक विश्वव्यापी गठबन्धनका अस्ट्रेलियाली प्रमुखका अनुसार, कोभिड-१९ को प्रभावलाई निस्तेज बनाउन चाहिने खोप तयार हुन अझै एक वर्षसम्मको समय लाग्नेछ।

Scientists at work in high-level P3 biosafety security laboratory at the Pasteur Institute of Lille, on February 20, 2020 in Lille, France.

Scientists at work in high-level P3 biosafety security laboratory at the Pasteur Institute of Lille, on February 20, 2020 in Lille, France. Source: AAP

दि कोअलिसन फर एपिडेमिक प्रिपेर्डनेस इनोभेसन्स (सेपी) नामक उक्त संस्थाले कोरोनाभाइरस विरुद्द लड्न खोप विकास गर्ने काममा विश्वभर छरिएर रहेका प्रयोगशालाहरूसँग समन्वय गरिरहेको छ र यस्तो कार्यका लागि सङ्घीय सरकारले थप अनुदानको व्यवस्था गर्नुपर्ने पनि उसले बताएको छ।

सङ्घीय स्वास्थ्य विभागकी पुर्व प्रमुख समेत रहेकी सेपीका अध्यक्ष जेन हल्टन भन्छिन् कि कोरोनाभाइरस विरुद्ध सम्भावित खोपहरूको निर्माण गर्न करिब ३ अरब डलरको जरुरत छ।

“ल्याबमा राम्रो देखिए पनि कि त तपाईं त्यसलाई मानिसहरमा सोचे अनुरुपको परिणाम उत्पन्न गराउन सक्नुहुन्न वा त्यो सुरक्षित हुँदैन वा निर्माण गर्न निकै गाह्रो देखिन्छ,” हल्टनले एबीसी रेडियोलाई सोमबार भनिन्।

“त्यसकारण पनि हामीलाई वास्तविक खोपका एकभन्दा बढी किसिमको आवश्यकता छ।”

त्यस्ता खोपहरू तयार भएपछि पनि लाखौँ करोडौंको संख्यामा निर्माण सम्पन्न गर्न धेरै, धेरै महिना लाग्ने पनि उनको भनाई छ।

उता, सङ्घीय सरकारले स्थानिय रुपमा खोप निर्माण गर्न २० लाख डलर अनुदान दिएको छ भने सेपीलाई हालसम्म ५० लाख डलर उपलब्ध गराउने वाचा उसको छ।
موظفون صحيون متقاعدون يعودون للعمل لمواجهة فيروس الكورونا
COVID-19: isolate if you have flu symptoms or flu-like symptoms Source: Getty Images
अस्ट्रेलियामा अहिलेसम्म लगभग एक सय भन्दा कम मानिसहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको बताईंदै गर्दा ति मध्ये तीनजनाको मृत्यु भईसकेको छ।

साथै, उक्त भाइरसबाट सङ्क्रमित केही मानिसहरूले आफूहरूलाई अन्य मानिसहरुको संसर्गबाट टाढै रहन दिईएको निर्देशन पालना नगरेको बारेमा पनि चिन्ता बढिरहेको छ।

त्यसै गरी, पर्थमा एक महिला अर्केस्ट्रा कन्सर्ट जान भ्याएको बताइएको छ भने मेलबर्नमा एक चिकित्सकले आफुलाई सन्चो नहुँदा पनि अन्य विरामीहरूलाई आफ्नो क्लिनिकमा हेरेको पाइए पछि भिक्टोरियाली स्वास्थ्य मन्त्रिले उनको सार्वजनिक रुपमै निन्दा गरेकी थिइन्।
Victorian Health Minister Jenny Mikakos speaks to media during a press conference at the Department of Health and Human Services offices in Melbourne, Monday, March 2, 2020. An update has been provided Corona Virus. (AAP Image/James Ross) NO ARCHIVING
Victorian Health Minister Jenny Mikakos. Source: AAP
स्वास्थ्य सम्बन्धी देशको प्रमुख निकायले भने मानिसहरूमा देखिएको भ्रमलाई निवारण गर्न राजनीतिज्ञ भन्दा अस्ट्रेलियाका प्रमुख स्वास्थ्य अधिकृत ब्रेण्डन मर्फीले कोरोनाभाइरस बारे सूचना सम्प्रेषण गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने विचार व्यक्त गरेको छ।

अस्ट्रेलियन मेडिकल एसोसियसनका भिक्टोरियाली प्रमुख जुलियन राइट भन्छन् प्रमुख स्वास्थ्य अधिकृतको नेतृत्व अहिले एकदमै जरूरी देखिएको छ।

“अवश्य पनि उनले अस्ट्रेलियाभरका राज्यहरूमा गरिने निर्णयलाई निर्देशित तथा प्रभावित गर्न सक्छन्,” उनले भने।

“हामी के भन्न चाहान्छौं भने सरकारले यस बारेमा हामीसँग उपलब्ध नेतृत्वलाई सम्मान गरोस् र यस प्रकारका वादविवाद एवं छलफलबाट पूर्ण जानकारी नभएसम्म आफुलाई अलग्यायोस।”

Share
Published 10 March 2020 12:55pm


Share this with family and friends