हङकङको विषयमा नबोल्न अस्ट्रेलिया सहितको गठबन्धनलाई चीनको चेतावनी

हङकङको विषयमा आलोचना गरेको भन्दै अस्ट्रेलिया सहित अन्य चार मुलुकलाई चीनले जवाफ फर्काएको छ ।

China has hit back in response to a Five Eyes statement criticising its Hong Kong policy.

China has hit back in response to a Five Eyes statement criticising its Hong Kong policy. Source: AAP

चिनिया बिदेशमन्त्रालयका प्रवक्ता झाओ लिजेनले अस्ट्रेलिया लगायत अन्य ४ मुलुकले हङकङका विषयमा गरेको आलोचना अस्वीकार्य भएको प्रतिक्रिया दिएका छन् ।

अस्ट्रेलिया सहित बेलायत,अमेरिका,क्यानडा र न्यूजल्याण्डको पाँच देशीय साझा गठबन्धन फाईभ आइज अलाईनसले हङकङमा चीनको पछिल्लो कदम प्रति आलोचना गरेको थियो ।

हङकङमा विपक्षी दलका चार संसदलाई निष्कासित गरेपछि गठबन्धनले “गम्भीर चिन्ता” व्यक्त गरेको थियो ।

“उनीहरूका पाँच आँखा वा दश आँखा भए पनि यदि उनीहरूले चीनको सार्वभौमिकता,सुरक्षा र विकास हितलाई हानि गर्ने हिम्मत गरे उनीहरूको आँखा फुटाएर बन्द गराइनेछ” झाओले भने ।

पाँच देशीय गठबन्धनका विदेश मन्त्रीहरूले चिनिया सरकारको प्रस्ताव जसका कारण सासंदहरु अयोग्य हुन पुगे यो “गम्भीर आवाजहरूलाई चुप लगाउने अभियानको एक हिस्सा” भएको बताएका थिए ।

पाँच देशले जारी गरेको बयानमा “चीनको कदम संयुत राष्ट्र सङ्घको रोहवरमा गरिएको अन्तर्राष्ट्रिय दायित्वहरूको पूर्ण उल्लघंन हो ” भनिएको छ ।

गठबन्धनले “ संयुत घोषणा र आधारभूत कानुनहरूलाई ध्यानमा राखेर हङकङका जनतालाई प्रतिनिधि छान्ने अधिकारको हनन रोक्न” अनुरोध गरेको छ ।
उनीहरूका पाँच आँखा वा दश आँखा भए पनि यदि उनीहरूले चीनको सार्वभौमिकता,सुरक्षा र विकास हितलाई हानि गर्ने हिम्मत गरे उनीहरूको आँखा फुटाएर बन्द गराइनेछ
७५ लाख जनसङ्ख्या रहेको हङकङलाई स्थानीय मामिलामा स्वायत्तता दिने चीनले बाचा गरेको थियो ।

झाओले हङकङ चीनको एक हिस्सा भएकाले मातृभूमि प्रति वफादार रहनु पर्ने बताए ।

बर्खास्त गरिएका चार सांसदले चीन र हङकङ माथि प्रतिबन्ध लगाउन विदेशी राष्ट्र सङ्घ अनुरोध प्रस्ताव गरेका भन्दै चुनावमा पुनः भाग लिनबाट अयोग्य बनाइएका थिए । निर्वाचन अर्को वर्षका लागि सारिएपछि उनीहरू संसद्कै हैसियतमा रहेका थिए ।


Share
Published 20 November 2020 12:03pm
Updated 20 November 2020 12:09pm
By SBS News
Presented by Krishna Pokhrel
Source: SBS News

Share this with family and friends