यो वर्ष तलब ठग्ने नाम चलेका केही अस्ट्रेलियाली व्यवसायहरू

यो वर्ष अस्ट्रेलियामा नाम चलेका केही संस्थानहरूले विगतमा श्रम शोषण गरेको र करार अनुसार ज्याला नदिएको तथ्य प्रकाशमा आउँदा, ज्याला ठगीका घटना अरू व्यापक भएको हुनसक्ने अनुमान गरिएको छ।

Companies accused of underpaying staff

Source: AAP

यसरी तलब 'ठग्ने' कम्पनीहरूमा सेभेन इलेभेन, वुलवर्थ्स सुपर मार्केटदेखि कमनवेल्थ बैक जस्ता वित्तीय संस्थासम्म परेका छन्।

तलब ठगीका घटनाहरू सार्वजनिक भएपछि, यी कम्पनीहरूले आफ्ना प्रभावित वर्तमान र पूर्व कर्मचारीहरूलाई घटाएर तिरिएको ज्यालाको भरपाई गर्ने बताएका छन्।

यसरी कम तलब दिँदा, यी कर्मचारीहरूको सुपरएनुएसनमा पनि कमी आउने भएकाले, यसको क्षतिपूर्ति पनि सम्बन्धित रोजगारदाताले गर्ने बताइएको छ।

यसरी ज्याला ठग्ने कम्पनीहरूमा को-को परे त? यो वर्षको सूचि हेरौँ

एबिसी: सञ्चार गृह एबिसीले आफ्ना २५०० क्याजुअल कर्मचारीहरूलाई विगत ६ वर्षदेखि गलत वा सहमति भन्दा कम तलब को पारिश्रमिकमा ठग्दै आएको कुरा स्वीकार गरेको छ।

विशेष गरी, सार्वजनिक बिदाको दिन काम गर्ने क्याजवलहरुले यस संस्थाबाट करार अनुरूपको भत्ता र अतिरिक्त ज्याला पाएका थिएनन्। ब्रिस्बेनमा रहेका एक कर्मचारी यस लापरबाहीका कारण झन्डै २०,००० डलरको ठगाइमा परेका थिए।
The ABC building in Sydney.
The ABC building in Sydney. Source: AAP
क्वान्टास: अस्ट्रेलियाको ठुलो हवाई कम्पनी क्वान्टासले पनि आफ्ना कर्मचारीहरूलाई कम तलब दिएको कुरा स्वीकार गरेको छ।

आफ्नो गल्तीका कारण ५५ कर्मचारीहरूले प्रभावित भएको यस कम्पनीले बताएको छ। यो प्रकरण अगाडि आएपछि, क्वान्टासले ब्याज सहित छुटेको तलब फिर्ता गरेको छ र साथै थप एक हजार पनि क्षतिपूर्ति स्वरूप थपेको छ।

सुपर रिटेल ग्रुप: रेबल स्पोर्ट्स, सुपर चिप अटोजस्ता पसलहरूको सञ्चालन गर्ने मुख्य संस्था, सुपर रिटेल ग्रुप पनि यस प्रकरणमा मुछिएको थियो।

पूर्व र हाल रहेका कर्मचारीहरू गरी करिब ६ हजार जना यसबाट प्रभावित रहेको बताइन्छ। अतिरिक्त समयको पैसा नदिएको सम्बन्धमा यो कम्पनीले झन्डै ३२ मिलियन डलर छुटेको तलबको रूपमा तिर्नु परेको थियो।

कमनवेल्थ बैंक: अस्ट्रेलियाको प्रमुख बैङ्कको रूपमा चिनिएको कमनवेल्थ बैकले पनि आफ्ना कर्मचारीहरूलाई कम ज्याला दिएको स्वीकार गरेको छ।

करिब दश वर्ष अगाडिसम्म तलबको हिसाब गरिदा, यस बैङ्कका आठ हजार कर्मचारीहरू प्रभावित भएको देखिएको थियो। गल्ती स्वीकार गर्दै यस बैङ्कले ११ मिलियन डलर यस क्षतिपूर्तिका लागि तिर्नु परेको थियो।
CBA has filled the new role of marketing and corporate affairs exec.
Commonwealth Bank. Source: Getty
बनिग्स: व्यावसायिक रूपमा निकै सफल मानिएको बनिग्सले पनि आफूबाट गल्ती भएको स्वीकार गरेको छ। यस संस्थाले भने ज्यालामा नभएर सुपरएनुएसन बुझाउँदा चाहिँ कम पैसा दिएको बताएको छ। के कति रकम कम तिरेको प्रस्ट उल्लेख नगरे पनि, प्रभावित कर्मचारीहरूको दुई सय डलरको दरले सुपरएनुएसन बुझाउन कमी भएको बताइन्छ।

वुलवर्थ्स : धेरैलाई रोजगार दिने संस्था वुलवर्थ्स पनि यस घटनाबाट अछुतो रहन सकेन। यसको प्रकरणलाई लिएर एक न्यायिक आयोगले पनि जाँचबुझ गरिरहेको छ। झन्डै ६ हजार कर्मचारीहरू यसबाट प्रभावित रहेको बुझिन्छ र अहिलेसम्म क्षतिपूर्तिकै रूप, वुलवर्थ्सले करिब ३०० मिलियन डलर तिर्ने पर्ने देखिएको छ।

यसबाहेक ज्याला ठगीमा मुछिएका अन्य केही कम्पनीहरु:

सेभन इलेभेन : ज्याला ठगेको आरोपमा यस कम्पनीको मेलबर्नको एक पसललाई जरिवाना लागेको छ।

सब-वे: सिड्नीको एक पसलमा चिनियाँ मूलका एक कर्मचारीलाई दुई वर्षदेखि ज्यालामा ठगेका कारण जरिवाना।

कमनवेल्थ खेल: कमनवेल्थ खेलको क्रममा सुरक्षा प्रदान गर्ने कर्मचारीहरूलाई कम ज्याला दिएको आयोजकहरूले स्वीकार गरेको छन्। दश कर्मचारीहरूलाई करिब २४ हजार कम तलबको भरपाईको रूपमा प्रदान गरिसकिएको छ।

कम ज्याला दिएको स्वीकार गर्ने अन्य प्रमुख कम्पनीहरू:

माईकल हिल, सनग्लास हट, रकपुल डाईनिङ्ग ग्रुप, कफी क्लब, फुड्को, शुशी बे आदि। 

तपाईं पनि श्रम शोषणले प्रभावित हुनुहुन्छ भने थप छलफल गर्न


Share
Published 6 November 2019 10:50pm
Updated 7 November 2019 12:27pm
By Velvet Winter
Presented by SBS Nepali
Source: SBS


Share this with family and friends